Play

बैंकिङ कसुर मुद्दामा नयाँबजार बस्ने ईन्द्र कुँवर पक्राउ

गुरुकुल खबर


काठमाडौँ,  : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ६१ लाख ५४ हजार आठ सय ७५ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अदालतले बैंकिङ कसुर मुद्दामा २५ दिन कैद सजाय र रु ६१ लाख ५४ हजार आठ सय ७५ जरिवाना ठहर गरेपछि फरार पर्वत घर भई काठमाडौँको नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्रबहादुर कुँवरलाई पक्राउ गरी भदाै  २७  गते  सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै विभिन्न तीन जनालाई पैसा नभएको चेक दिएर बैकिङजन्य कसुर गरेकाले उच्च अदालत पाटनको आदेशअनुसार कुँवरलाई सुन्धाराबाट पक्राउ गरी जानकारी दिनुभयो ।

पक्राउ कुँवरले एनआईसी एसिया बैंक लिमिटेड सोह्रखुट्टेको खातामा  पर्याप्त रकम नहुँदा नहुँदै खाली चेक दिएर बैंकिङजन्य कसुर गरेको ब्युरोले जनाएको छ । पक्राउ कुँवरलाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि भदाै २७ गते नै डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता थापाले बताउनुभयो ।
(रासस)

२८ भाद्र २०७९, मंगलवार ०७:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा