Play

पोखरा १३ बाट एक लाख रुपैयासहित आठ जना जुवाडे पक्राउ

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं १३ मा जुवा खेलिरहेको अवस्थामा एक लाख रुपैयासहित आठ जना जुवाडे पक्राउ परेका छन्।

वडा नम्बर १३ स्थित सूर्यकुमारी गुरुङको घरमा जुवा खेलिरहेका आठ जना जुवाडे सहित नगद एकलाख सात हजार रुपैयाँ सहित शनिबार साँझ करीब सात बजेको समयमा पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय रामबजार पोखराको टोलीले जिल्ला तनहुँ देवघाट स्थायी वतन भई हाल पोखरा १३ बस्ने घरधनी ४४ वर्षीया सुर्यकुमारी गुरुङ, सर्लाही घर भई हाल पोखरा ११ रानीपौवा बस्ने वर्ष ३८ को ललित कुमार बस्नेत, सोही ठाउँको ३५ वर्षीय रूपक बस्नेत, बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ घर भई हाल कास्की पोखरा म.न.पा.वडा न.११ फुलबारी बस्ने वर्ष ४० को दिपक खड्का, पोखरा ७ बस्ने वर्ष ३१ को सुर्य थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

त्यस्तै धादिङको निलकण्ठ नगरपालिका ४ घर भई हाल पोखरा ११ बस्ने वर्ष ३७ को रमेश ठकुरी, पोखरा १३ बस्ने वर्ष ४० को आशबहादुर गुरुङ र लमजुङको राईनाश नगरपालिका वडा नम्बर १० घर भई हाल पोखरा १० बस्ने वर्ष ४४ कि कमला गुरुङलाइ पनि सोही जुवाखालाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परिएका उनीहरु विरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा दश दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

२६ भाद्र २०७९, आईतवार २१:४२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा