Play

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई विमानस्थलबाट फर्काइयो

गुरुकुल खबर


काठमाडौं । भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार गत बुधबारदेखि शनिबारसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको हो । रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन् । महिलाहरुलाई माइती नेपालको संरक्षणमा राखिएको बताइएको छ ।

उनीहरूको कागजात शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि प्रहरीले रोकेको जनाएको छ । उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा बुझाएको छ ।

१२ भाद्र २०७९, आईतवार १३:१३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा