Play

मुक्ति समाज गण्डकीको प्रथम सम्मेलन पोखरामा हुने

गुरुकुल खबर


पोखरा, ने.क.पा.(एमाले) को मोर्चा संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज गण्डकी संगठन कमिटीको प्रथम सम्मेलन पोखरामा हुने भएको छ ।

भदौ ४ गते पोखराको उद्योग बाणिज्य संघको सभाहलमा आयोजना हुने सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ५ सय १४ जना प्रतिनिधिले भाग लिने कार्यक्रम रहेको छ ।

मुक्ति समाज केन्द्रीय कमिटीको काठमाण्डौमा हालै सम्पन्न छैठौं राष्ट्रिय सम्मेलन पछि देशभरिका ७ वटै प्रदेश सम्मेलन हुने क्रममा मधेश प्रदेशको सम्मेलन सम्पन्न भैसकेको छ ।

गण्डकीका ९ वटा जिल्लाबाट प्रतिनिधि छनौट भैसकेको छ । सम्मेलनलाई ने.क.पा.(एमाले) का केन्द्रीय सचिव एवं पूर्व मन्त्रि पदमा अर्यालले प्रमुख अतिथिको रुपमा सम्वोधन गर्ने र मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर वि.पौडेल सहितका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ।

समानता र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न एवं प्रदेशको नयाँ नेतृत्व यो सम्मेलनले चयन गर्नेछ ।

१ भाद्र २०७९, बुधबार २०:४९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा