Play

आठ स्रष्टालाई जनही रु एक लाखको प्रज्ञा पुरस्कार प्रदान गरिने

गुरुकुल खबर


काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान पु-याउनुभएका आठ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको गत साउन ३० गते सम्पन्न प्राज्ञ सभाको ३७औँ बैठकले २०७९ सालका लागि रुपन्देहीका रामचन्द्र भट्टराईलाई ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’, पहाडी–हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई ‘नेपाल प्रज्ञा

मातृभाषा साहित्य पुरस्कार’ तथा मधेश–तराईमा बोलिने मातृभाषाको साहित्यका लागि कञ्चनपुरकी शर्मिलाकुमारी चौधरीलाई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ दिने निर्णय गरेको छ । पुरस्कारको राशि जनही रु एक लाख छ ।

यस्तै भोजपुरका प्रा डा प्रेमकुमार खत्रीलाई ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’, काठमाडौँका प्रा विद्यानाथ उपाध्यायलाई ‘नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार’ र काठमाडौंकै डा नयनाथ पौडेललाई ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए । पुरस्कारको राशि जनही रु एक लाख छ ।

यसैगरी २०७८/७९ का लागि भारतको दार्जिलिङका नरबहादुर दाहाललाई रु दुई लाख राशिको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ र झापाका प्रा डा गोविन्दराज भट्टराईलाई रु दुई लाख राशिकै ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । यी पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छन् ।

प्रत्येक चार वर्षमा प्रदान गरिने नेपालकै सर्वोच्च र विशिष्ट पुरस्कार रु चार लाख राशिको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ र तीन हजार अमेरिकी डलर राशिको ‘नेपाल प्रज्ञालङ्कार’ दुई वर्षअघि नै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र चीनका प्राध्यापक वाङ हङ्वेईलाई प्रदान गरिसकिएको छ

१ भाद्र २०७९, बुधबार १२:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा