Play

निजामती सेवा ऐन तत्काल ल्याउन कर्मचारी युनियनको माग, मुख्यमन्त्री सकारात्मक

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल निजामती कर्मचारी युनियन कास्कीले सोमवार गण्डकी प्रदेशका मुख्य मन्त्रीलाई भेटेर आफ्ना मागहरुको बारेमा ध्यानाकर्षण गराएको छ ।

युनियनका कास्की जिल्ला समितिका साथै प्रदेश र केन्द्रीय समितिमा समेत रहेका र पोखरामा कार्यरत कर्मचारीहरु सहितको टोलीले निजामती सेवा ऐन तत्काल ल्याउन मुख्य मन्त्री समक्ष माग गरेका थिए ।

कर्मचारी युनियनले यस अगाडी पनि गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुमार खड्का, गण्डकी प्रदेशको विधायन समितिका सभापति विष्णु प्रसाद लामीछाने लगायतलाई समेत भेटेर आफ्ना मागहरु प्रस्तुत गरेको थियो ।

कर्मचारी युनियनले निजामती कर्मचारीहरु मध्ये गण्डकी प्रदेश अन्तर्गतका विभिन्न कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको सरुवा ,बढुवा र वृत्तिविकास जस्ता विषयमा निजामती सेवा ऐनको अभावका कारण निर्णय हुन नसकेकोले यथाशीघ्र निजामती सेवा ऐन ल्याउन माग गर्दै आएको छ ।

यसका साथै संघीय र पालिका तहमा समेत निजामती सेवा ऐन ल्याउन युनियनले माग गर्दै आएको युनियनका कास्की जिल्ला अध्यक्ष शुरेश श्रेष्ठले गुरुकुल खवरलाई जानकारी दिए  ।

कर्मचारी युनियनको ध्यानाकर्षण पत्र बुझेपछि गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले संघीय निजामती सेवा ऐन संग नबाझिने गरि प्रदेश निजामती सेवा ऐन जारी गर्नुपर्ने तर संघीय निजामती सेवा ऐन आउन ढिलाई हुदा प्रदेशमा समेत ऐन बन्न नसकेको बताए ।

मुख्य मन्त्री नेपालीले ऐन ल्याउने विषयमा गण्डकी प्रदेश सरकार गम्भीर रहेको स्पष्ट पार्दै ऐनको प्रारम्भिक मस्यौदा समेत तयार भैसकेको कारण मस्यौदा हेरेर सुधार गर्नुपर्ने र थप गर्नुपर्ने कुरा हरु लिखित रुपमा दिन कर्मचारीहरुलाई आग्रह गरे ।

सरकारको तर्फबाट कहिले कांही केही कमजोरी भएपनि त्यसमा सुधार गर्न सकिने भएकोले रचनात्मक सुझाव दिन कर्मचारी र कांग्रेस नेता र कार्यकर्ता संग आग्रह गरे।

मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन नेपाली कांग्रेस कास्की जिल्ला समितिका सदस्य एवं शुभेच्छुक संस्था समन्वय समितिका संयोजक गंगाधर पराजुली, कास्की कांग्रेसका सहसचिव नविन सिग्देल, युनियनका केन्द्रीय सदस्य विश्वराज आचार्य ,युनियनका पुर्व जिल्ला अध्यक्ष डार्विन लम्साल, प्रदेश समितिका उपाध्यक्ष अर्जुन गुरुङ सहित जिल्ला र प्रदेश समितिका पदाधिकारी एवं सदस्यहरु समेत पुगेका थिए ।

१६ श्रावण २०७९, सोमबार २०:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा