Play

“गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार”गुरुङ र तिमिल्सेनालाई

गुरुकुल खबर


पोखरा । पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित “गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार” पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित उक्त पुरस्कारको राशि नगद २५ हजार एक रुपैयाँ रहेको छ ।

एक कार्यक्रमका बीच यहि साउन २० गते प्रदान गरिने पुरस्कार अन्तर्गत पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ ।

पुरस्कृत हुन लागेका पत्रकार गुरुङ दुई दशकदेखि फोटो पत्रकारितामा क्रियाशिल छन् भने तिमिल्सेना दुई दशकदेखि छापा तथा विद्युतिय संचारमाध्यममा क्रियाशिल छन् ।

अग्रज पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई महासंघको सोमबार सम्पन्न बैठकले अनुमोदन गरेको हो ।
समितिमा कृष्णप्रसाद बाँँस्तोला र श्याम कुँवर सदस्य तथा महासंघका अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल पदेन सदस्य रहेका थिए ।

 

१६ श्रावण २०७९, सोमबार २०:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा