Play

पोखरामा आयोजित प्रथम ‘मेयर सम्मेलन’ सम्पन्न

गुरुकुल खबर


पोखरा । पोखरामा आयोजित प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ शनिबार सकिएको छ।

महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवाललाई सम्बोधन गरी कामलाई सहजीकरण गर्न सघाउने विश्वासले शुक्रबारदेखि शुरु भएको प्रथम महानगर प्रमुख मेयर सम्मेलन शनिबार सकिएको हो ।

सम्मेलनले आउँदो मेयर सम्मेलन भरतपुरमा गर्ने निर्णय गरेको छ ।

पोखराका मेयर धनराज आचार्यले भरतपुरका मेयर रेनु दाहाललाई ‘मेट्रो मिट नेपाल’ अङ्कित झण्डा हस्तान्तरण गर्दै दोश्रो मेयर सम्मेलन भरतपुरमा गर्न स्वीकृति प्रदान गरेका हुन् ।

मेयर सम्मेलन भरतपुर भ्रमण वर्ष २०८० मा हुने बताइएको छ ।

सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी थिए ।

सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानून र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदान प्रदान गरिएको थियो ।

यसैगरी उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदानका साथै महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानून तथा तिनका कार्यान्वयनका चुनौतीबारे आआफ्नो अनुभव आदान प्रदान गरेका थिए ।

 

१४ श्रावण २०७९, शनिबार २३:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा