Play

विपी स्मृति दिवसमा काँग्रेस वडा नं ९ को पुष्परोपण कार्यक्रम सम्पन्न

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति वडा नं ९ इकाई समितिले ४० औ वि पी स्मृति दिवसको सन्दर्भमा विहीबार सरसफाई र पुष्परोपण कार्यक्रमको आयोजना गर्यो ।

वडा नं को नयाँ सडक क्षेत्र र चिप्लेढुंगाको विपी चोक क्षेत्रमा कार्यसमितिले सरसफाई गर्नुका साथै र पुष्परोपण कार्यक्रम आयोजना गरेको हो ।

विपीको शालिक वरपर फोहर बढ्दै गएकोले त्यसको सरसफाई गर्दै सौन्दर्यकरण गर्ने प्रयास स्वरुप विपीको शालिक वरपर गमला राखेर सिजन अनुसारको फुल रोपिएको ईकाई समितिले जनाएको छ ।

पुष्परोपण गरी कार्यक्रमको उद्घाटन पश्चात बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीले जननायक विपी कोइरालाको स्मृति दिवसको अवसरमा सामाजिक कार्य मार्फत सरसफाई अभियान संचालन गर्नु सरहानिय भएको बताए । हरेक राजनीतिक दलले सामाजिक उत्तरदायित्व पनि वहन गर्नु पर्ने बताए ।

वडा नं ९ को वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका दीपेन्द्र मर्सानीले पोखराको सौन्दर्यता जोगाउन सबै गम्भीर बन्नु पर्नेमा जोड दिदै सौन्दर्यकरण अभियान अन्तर्गत पोखरा महानगरपालिकाको सहयोगमा विपी सालिकमा गमला राख्ने र पुष्परोपण गर्ने गरि सौन्दर्यकरण कार्यक्रम गरिएको स्पष्ट पारे ।

कार्यक्रममा नेपाली काँग्रेस कास्की जिल्ला सदस्य गंगाधर पराजुली, महासमिति सदस्य मुना बाँस्तोला, काँग्रेस क्षेत्रिय समिति सदस्य प्रेम पहारी, वडा नं ९ का जनप्रतिनिधि गीता चर्मकार र लक्ष्मी पहारी, वडा नं ९ का सुचना अधिकारी लोकदर्शन कोइराला, नयाँ सडक सुधार समितिका कार्यावाहक अध्यक्ष मनोहर श्रेष्ठ, नेवा मिसा पुच नयाँसडकका अध्यक्ष युगेनदेवी पालिखे लगायतले पुष्परोपण गरेका थिए ।

वडा इकाई सभापति शिवराज बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह सचिव उत्तम जोशीले स्वागत मन्तव्य र सचिव प्रकाश बाँस्तोलाले कार्यक्रम संचालन गरेका थिए ।

 

५ श्रावण २०७९, बिहीबार २०:४२ मा प्रकाशित
Nabintech