Play

विपी स्मृति दिवसमा पोखरा -९ कार्य समितिले सरसफाई र पुष्परोपण कार्यक्रम गर्ने

गुरुकुल खबर


पोखरा , नेपाली कांग्रेस पोखरा महानगर समिति वडा नं ९ कार्य समितिले ४० औ वि पी स्मृति दिवसको सन्दर्भमा सरसफाई र पुष्परोपण कार्यक्रम गर्ने भएको छ ।

नेपाली कांग्रेस कास्कीको बैठकमा जिल्ला भित्रका पालिका र वडा साथै क्षेत्रीय समिति लगायतले आफ्नो अनुकुल अनुसार वीपी स्मृति दिवसमा प्रवचन , सरसफाई , वृक्षारोपण, पुष्परोपण , अन्तरक्रिया लगायतका कार्यक्रम गर्न लगाउने बारेमा छलफल भएपनि जिल्ला समितिले पोखरा महानगर समितिलाई रक्तदान कार्यक्रम गर्न लगाउने र त्यसमा सबैले सहयोग गर्ने निर्णय गरेको बताईइएको छ ।

जिल्ला समितिले कुनै सर्कुलर नगरेपनि पोखराको वडा नं ९ कार्यसमितिले भने वीपी चोकमा सरसफाई र पुष्परोपण कार्यक्रम संचालन गर्ने भएको हो ।

वीपीको शालिक वरपर फोहर बढ्दै गएकोले त्यसको सरसफाई गर्दै सौन्दर्यकरण गर्ने प्रयास स्वरुप विपीको शालिक वरपर गमला राखेर सिजन अनुसारको फ़ुल राख्ने तयारी समेत गरिएको छ ।

सरसफाई र सौन्दर्यकरण अन्तर्गत गमला राख्ने र पुष्परोपण कार्यक्रम साउन ५ गते बिहिवार गरिने भएको हो । सोही वडाको वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका दीपेन्द्र मर्सानीले पोखरा महानगर पालिकाको सहयोगमा गमला राख्ने र पुष्परोपण गर्ने गरि सौन्दर्यकरण कार्यक्रम गरिएको जानकारी दिएका छन ।

बिहिवार बिहान साढ़े सात बजे हुने कार्यक्रम कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको प्रमुख आतिथ्यतामा हुने वडा कार्यसमितिका सभापति शिवराज बांस्तेलाले गुरुकुल खवरलाई जानकारी दिएका छन

४ श्रावण २०७९, बुधबार २२:३९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा