Play

राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार मनोजलाई

गुरुकुल खबर


पोखरा । ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्तीमगरलाई पुरस्कृत गरिने भएको छ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापना गरी नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगरलाई पुरस्कृत गरिने भएको हो ।

पत्रकार घर्तीमगरलाई पुरस्कार छनोट समितिका संयोजक नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष मान बहादुर घर्ती एमबि आस्था मगरको संयोजकत्वमा मंगलबार बसेको बैठकले पत्रकार मनोज घर्ती मगरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

अधिवक्ता समेत रहेका पत्रकार मगरलाई साउन १५ गते एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी नगद रु १० हजार र ताम्रपत्र रहेको छ ।

 

३ श्रावण २०७९, मंगलवार २०:३४ मा प्रकाशित
Nabintech