Play

पत्रकार बाँस्तोला गंगा–ज्योति पुरस्कारबाट सम्मानित

गुरुकुल खबर


पोखरा । अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका छन् ।

अद्वैत संस्थाका कुलपति प्रताप चक्रवर्तीले काठमाडौंमा आयोजित विशेष समारोह बीच बास्तोलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।

गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११६ औं जन्मजयन्ती तथा अद्वैत संस्थाद्वारा संचालित २०७८÷०७९ को दशमासीय राष्ट्रव्यापी महासत्संग समापनका अवसरमा आयोजित समारोहमा बास्तोलालाई पुरस्कृत गरिएको हो ।

अद्वैत संस्था नेपालका केन्द्रीय सभापति अनन्तलाल सरस्वतीबाट आफ्ना पिता ज्योतिलाल र आमा गंगादेवी चुकेको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
सम्मानित पत्रकार बाँस्तोला आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक हुन् ।

कार्यक्रममा प्रमुख आमन्त्रित कुलपति प्रताप चक्रवर्तीले नेपाली वेदको जनक विशेषांक, आनन्द तत्व मिमांस र भक्तिवृत्ति प्रवाह तथा व्रह्मज्ञानको विमोचन गरेका थिए । अद्व्रैत संस्था नेपालका केन्द्रिय सभापति वसन्तलाल महासरस्वतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

२ श्रावण २०७९, सोमबार २२:१९ मा प्रकाशित
Nabintech