Play

हिमालयन लायन्स क्लवद्वारा ५० हज़ार बढीको सहयोग र वृक्षारोपण

गुरुकुल खबर


पोखरा , लायन्स क्लब अफ पोखरा हिमालयनले लायन बर्ष २०२२/२३ को शुरूवात सँगै आफ्ना गतिविधि अगाडी बढाएको छ । विभिन्न पेशा र व्यवसायमा आवद्द व्यक्तिहरु सदस्य रहेको हिमालयन लायन्स क्लवले पोखरा महानगर पालिका- २५ हेम्जा स्थित मानव सेवा आश्रममा बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

क्लवका सदस्य डाक्टर ईन्द्रमान महर्जनको संयाोजकत्वमा सम्पन्न कार्यक्रममा क्लबका पुरुष सदस्यका श्रीमतीहरुले समेत सहयोग गरेका थिए ।।त्यस अवसरमा करिब पचास हजार रूपैयाँ बराबरको खाद्यान्न सामाग्री,कपडाहरु र भान्साको लागि चाहिने विभिन्न सामानहरु हस्तान्तरण गरिएको क्लवका अध्यक्ष अशोक गुरुडंले जानकारी दिंएका छन ।

यसैगरि क्लवले क्लवका अर्का सदस्य बिजय कुमार रंजितको संयोजकत्वमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न जात्तका तीस वटा बिरुवाहरु क्लवका पदाधिकारी एवं सदस्यहरुले रोपेर वक्षरोपण कार्यक्रम गरिएको थियो ।

क्लवले हामी सेवा गर्छौ भन्ने लायन्सको मुल नारा लाई सार्थक पार्न र विग्रदै गएको वातावरण संरक्षण गर्नका लागि ति कार्यक्रम गरेको अध्यक्ष गुरुडंको भनाई छ ।

क्लब अध्यक्ष लायन अशोक गुरुङको अध्यक्षतामा सम्पन्न ति कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ L को रिजन डि 9 का ज़ोन चेयरपर्सन सुबिन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका संयोजक डाक्टर ईन्द्रमान महर्जनले कार्यक्रममा सहभागी र अतिथिहरुलाई स्वागत गर्दै क्लवका सदस्य र परिवार उत्साहित भएर सहयोग गरिएको जानकारी गराएका थिए ।

मानव सेवा आश्रम कास्कीका प्रमुख सतिश पुन , प्रमुख अतिथि ज़ोन चेयरपर्सन सुबिन्द्र श्रेष्ठ र क्लवका सचिव ई पुर्ण बहादुर गुरुडं लगायतले क्लवले गरेको सहयोगबाट मानव सेवा आश्रममा रहेका विपन्न र असहायहरुलाई सहयोग पुग्ने बताए ।

३१ असार २०७९, शुक्रबार ०६:३० मा प्रकाशित
Nabintech