Play

भुक देउराली तमु समाजको अध्यक्षमा गंगाबहादुर गुरुङ

गुरुकुल खबर


पोखरा । श्री नेखोल बराह भुक देउराली तमु समाज पोखराको अधिबेशनले गंगाबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समाजको उपाध्यक्षमा रामप्रसाद गुरुङ, सचिवमा पन्चा काजी गुरुङ, सहसचिवमा जुक्तमान गुरुङ, कोषाध्यक्षमा ओमप्रसाद गुरुङ र सहकोषाध्यक्षमा देउकाजी गुरुङ चयन भएका छन्।

यसैगरी नवनिर्वाचित सदस्यहरुमा सु.लोकमान गुरुङ, हरिप्रसाद गुरुङ, बिष्णुभक्त गुरुङ, पुर्ण बहादुर गुरुङ र कुशल गुरुङ रहेका छन्।

मनोनयन गर्न बाँकी दुई महिला सदस्य कार्यसमितिको अर्को बैठकले मनोनित गर्ने जनाइएको छ ।

२८ असार २०७९, मंगलवार २०:३० मा प्रकाशित
Nabintech