Play

नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च युके (स्कटल्याण्ड)को अध्यक्षमा जोनी पहारी

गुरुकुल खबर


स्कटल्याण्ड(बेलायत) नेकपा एमाले संग निकट मानिने प्रवासी नेपाली मञ्च  स्कटल्याण्ड (युके) को अध्यक्षमा जोनी पहारी निर्विरोध निर्वाचित भएका छन । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा स्कटल्याण्डमा हालै सम्पन्न प्रवासी नेपालीहरुको भेलाले जोनी अर्थात् नारायण पहारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

पहारीको नेपाल घर पोखराको लेकसाईडमा हो । सपरिवार बेलायत बस्दै आएका पहारीले बेलायतको स्कटल्याण्डमा बस्दै आएपनि नेपालका विपन्न र गरिव बालबालिका र महिला एवं विभिन्न संघ संस्थालाई पनि सहयोग गर्दै आएका छन ।

अधिवेशनबाट मञ्चको उपाध्यक्षमा यज्ञ ढकाल, सचिवमा निर्देशन त्रिपाठी, सह-सचिवमा मोति खरेल चयन भएका छन । अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यमा तोया सापकोटा, उद्दव भट्टराई र प्रवेश केसी रहेका छन ।

भेलामा प्रमुख अतिथि नेकपा एमाले नेता एवं उपाध्यक्ष पाण्डेले ज्ञान, सीप र पुँजी लिएर नेपाल फर्किन प्रवासी नेपालीहरुलाई आग्रह गरे । उनले नेपालको वर्तमान अर्थ राजनीतिका बारेमा लामो व्याख्या गर्दै देशको अर्थतन्त्र जोगाउन बिदेशमा रहेका नेपालीको योगदान महत्वपूर्ण रहेको बताएका थिए ।

अधिवेशनमा एमाले नेताहरू कृष्ण दाहाल, पदम गिरी, जयकुमार राई, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ, प्रवासी नेपाली मञ्च युके राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलिया, संगठन विभाग प्रमुख तुङ भुसाल, एमआरएफ स्कटल्याण्डका संरक्षक भोला खनाल लगायतले आआफ्नो भनाई राख्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

१५ असार २०७९, बुधबार १९:४२ मा प्रकाशित
Nabintech