Play

वडा नं. २६ लाई पोखरा महानगरकै उत्कृष्ट वनाउन सवैको सहयोगको खाँचो-वडाअध्यक्ष थापा

गुरुकुल खबर


लेखनाथ, पोखरा महानगरपालिका वडा नं. २६ ले आर्थिक बर्ष २०७९÷०८० का लागि टोल टोलमा पुगेर योजना छनौट शुरु गरेको छ । वडाले विहिबार सक्नेरी वहुउद्देश्यी सामाजिक भवन, अर्घौ व्याडमिन्टन हल, पिपलवोट जल्धारे र स्याङजाली तमु समाज मद्दतको पाटनमा भेला राखेर योजना छनौट गरेको हो ।

टोलबाट प्राप्त भएका योजनाहरुलाई सूचीकृत गरी प्राथमिकता र आवश्यकताको आधारमा बजेट विनियोजन गरिने वडा अध्यक्ष नरेन्द्र थापाले बताए । वडा भेलालाई सम्वोधन गर्दै, अध्यक्ष थापाले वडा नं. २६ लाई महानगरकै उत्कृष्ट वनाउन सवैको सहयोगको खाँचो औल्याए ।

उनले विगतको बर्ष भन्दा यसपटक वडा विकासका लागि बजेटको सिलिङ बढेर आउने उल्लेख गर्दै, सवै योजना एकैपटकमा सम्पन्न गर्न संभव नभए पनि प्राथमिकताका आधारमा क्रमागत रुपमा अघि वढाईने बताए ।
पाँच बर्षका लागि जनताले सेवकका रुपमा आफ्नो नेतृत्वलाई अभिमत दिएको उल्लेख गर्दै, अध्यक्ष थापाले कार्यकाल सकिएपछि मुल्यांकन गर्न आग्रह गरे ।

कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाटले वडाको पिछडिएको ठाउँबाट विकासको शुरुवात गरिने उल्लेख गरे ।

अर्का वडा सदस्य लक्ष्मीदेवी भट्टराईले निर्वाचनमा जनताले दिएको विश्वासलाई खण्डित हुन नदिने उल्लेख गरीन् ।

वडा सदस्य सुदिपराज ढुंगानाले वडामा समन्यायिक विकास गरिने उल्लेख गर्दै, विकासमा विभेद नगरिने बताए ।

वडा सदस्य सुजता बराल सुनारले वडा भेलाले निर्वाचन पछि जनताको समस्या बुझ्ने अवसर जुटेको बताईन ।

भेलामा पूर्व न्यायाधिस बासुदेव न्यौपाने, नेपाली काग्रेस वडा इकाई सभापति शिव रानाभाट, एमालेका प्रमिला बराल भण्डारी, सुर्य प्रकाश ढुंगाना, रामकृष्ण जि.सि, शर्मिला सुनार, नेकपा माओवादीका मेघराज भण्डारी, नेकपा समाजवादीका मदन प्रकाश बराल, पोष्टराज बराल, राप्रपाका टिकाराम अधिकारी, राष्ट्रिय जनमोर्चाका हरि बराल, भवानी कालिका माविका पूर्व प्रधानाध्यापक हरिप्रसाद अधिकारी, जेष्ठ नागरिक विनिमाधव अधिकारी, स्याङजाली तमु समाजका अध्यक्ष पूर्व लेप्लटेन मेन बहादुर गुरुङ्ग, सहनशिल आमा समूहका अध्यक्ष कल्पना नेपाली लगायतले योजना छनौटमा सुझाव दिएका थिए ।

वडा भेला वडा सचिव मीना भट्टराई भण्डारी, कर्मचारी नवराज सापकोटा, इञ्जिनियर राजेश ब ञ्जरा लगायतले सहजीकरण गरेका थिए ।

 

 

३ असार २०७९, शुक्रबार ०७:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा