तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चौधरी ग्रुपसंगको सहकार्यले सफल बनेका पोखराका मनोहर

गुरुकुल खबर गुरुकुल खबर
२०७९ जेष्ठ २२ मा प्रकाशित
in व्यक्ति/संस्था, अर्थ, गण्डकी प्रदेश, समाचार
चौधरी ग्रुपसंगको सहकार्यले सफल बनेका पोखराका मनोहर
38
SHARES
152
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,  तीन दशक अगाडि मनोहर श्रेष्ठ पोखरा घुम्नका लागि आएका थिए । सानै उमेरमा पोखरा आएका श्रेष्ठ भिनाजु (केपी श्रेष्ठ) को पसलमा पुगे । घुम्न पोखरा आएका मनोहरलाई भिनाजुले पसलमै बस्न र काम सिक्न आग्रह गरे । भिनाजुको आग्रहलाई मनोहरले सहज रुपमा स्वीकारे । पोखराको मुख्य बजार महेन्द्रपुलमा तत्कालीन समयमा साउन्ड एण्ड फेसन पसल सञ्चालनमा थियो । जहाँ फेन्सी सामानसहित इलेक्ट्रिोनिक्स सामानहरु बिक्री हुन्थ्यो । केही समय पछि पसलको सम्पूर्ण जिम्मेवारीसहित मनोहरले नै व्यवसायको नेतृत्व गरे । क्रमशः पछाडि इलेक्ट्रोनिक्स सामानमात्रै बिक्री गर्न सुरु गरे ।

३० वर्ष अगाडि चौधरी ग्रुपले नेशनल प्यानासोनिक ब्राण्डमा विभिन्न प्रोडक्ट बजारमा ल्याएको थियो । मनोहरले चौधरी ग्रुपका यी सामानहरु बिक्री गर्न सुरु गरे । उनको व्यवसायको सुरुवात र चौधरी ग्रुपसँगको व्यावसायिक साझेदारी यहीँबाट अगाडि बढ्यो । जुन साझेदारी अहिलेसम्म निरन्तर कायम छ । ‘मेरो व्यवसायको सुरुवात र चौधरी समूहसँगको आबद्धता सँगसँगै भयो,’ श्रेष्ठ भन्छन्, ‘मेरो व्यावसायिक सफलतामा र सुख, दुखमा चौधरी समूहको साथ, सहयोग र माया निरन्तर प्राप्त भयो ।

’ व्यवसायको सुरुवातका दिनमा मनोहरले चौधरी ग्रुपका उत्पादन नेशनल प्यानासोनिकका रेडियो, क्यासेट प्लेयर बिक्री गर्दै आएका थिए । जुन दिनदेखि मनोहरले व्यवसायको नेतृत्व सुरु गरे त्यो दिनदेखि पछाडि फर्केर हेर्नु परेन । ‘व्यवसाय सुरु गरेको हिजो जस्तो लाग्छ,’ उनी सम्झन्छन्, ‘आज ३ दशक बितिसकेको छ ।’ चौधरी ग्रुपका सामानहरु बजारमा लोकप्रिय बनिरहेका थिए । ग्राहकबाट पनिे राम्रो प्रतिक्रिया प्राप्त हुने गरेको श्रेष्ठले सम्झिए । ‘मैले गरेको कामका आधारमा चौधरी ग्रुपबाट मैले धेरै साथ पाएँ,’ उनले भने, ‘उहाँहरुको विश्वास जित्न सफल भएँ । ग्राहकबाट पनि राम्रो प्रतिक्रिया आउथ्यो । जसले गर्दा मलाई व्यवसाय बिस्तार गर्दै अगाडि बढ्ने प्रेरणा मिल्यो । हौसला प्राप्त भयो ।’

चौधरी ग्रुपले मनोहरलाई गण्डकी धौलागिरीका लागि डिष्ट्रिब्युटरको जिम्मेवारी दिइसकेको थियो । चौधरी समूहले बिक्री गर्ने प्रडक्टहरु पनि बढिरहेका थिए । चौधरी ग्रुपका जतिपनि इलेक्ट्रोनिक्स ब्राण्ड छन् ती सबै उनले बिक्री गर्न सुरु गरे । जुन क्रम ३ दशक पछाडि अहिलेसम्म पनि निरन्तर जारी छ ।
चौधरी समूहको एल.जि. र सि.जि. ब्राण्डसँगै चौधरी ग्रुपले इम्पोर्ट गरेको गोदरेज, टिसिएल लगायत होम एपलायन्सका विभिन्न प्रोडक्टहरु मनोहरले पोखराबाट बिक्री वितरण गर्दै आइरहेका छन् । सि.जि.को एलइडी टि.भि., फोके टि.भि., वासिङ मेसिन, फ्रिज, ग्यास गिजर, इलेक्ट्रिक गिजर, राइस कुकुर, मिक्स्चर, लगायतका सामान सधैं लोकप्रिय छन् ।

भिनाजुको पसलबाट व्यावसायिक सुरुवात गरेका मनोहरले सफल युवा उद्यमीको पहिचान बनाइसकेका छन् । पोखराका स्थापित र सफल व्यवसायीहरुको नाममा मनोहर अग्रस्थानमा आउँछन् । व्यवसायमा निरन्तरता, प्रतिबद्धता र लगनशीलतालाई आत्मसात गर्दै आइरहेका उनी सरल स्वभावका छन् । कर्मचारीप्रति नम्र व्यवहार प्रस्तुत गर्ने श्रेष्ठ ग्राहकको नजरमा सधैं आत्मीय र पारिवारिक व्यक्ति जस्तो देखिन्छन् । ग्राहकको मन र विश्वास जित्न सफल भएकै कारण ३ दशक अगाडिदेखि अहिलेसम्म उनले निरन्तर माया पाउँदै आएका छन् र व्यवसायमा फड्को मार्न सफल छन् ।

३ दशक अगाडि बढीमा २ लाख रुपैयाँबाट व्यवसायमा अगाडि बढेका श्रेष्ठसँग अहिले करिब आधा अर्ब रुपैयाँ बराबरको पुँजी लगानी भइसकेको छ । उनको यो व्यावसायिक सफलतामा चौधरी ग्रुप माध्यम बन्यो । मनोहर जस्तो इमान्दार व्यक्तिसँग जोडिन पाउनु चौधरी ग्रुपका लागि पनि एउटा अवसर नै मान्न सकिन्छ । जसरी चौधरी ग्रुपबाट मनोहरले साथ पाए उनले पनि त्यसरी नै निरन्तर चौधरी ग्रुपलाई साथ दिए ।

व्यवसायमा सामान्य उतारचढाव आउनु स्वभाविक हो । जुन उतारचढाव उनले पनि अवश्य भोगे । कोरोना महामारी, लकडाउन, नाकाबन्दी, नेपाल बन्द, राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्वको मारमा निजी क्षेत्रको परेको थियो । जसको मर्का उनलाई पनि नपरेका होइनन् । यद्यपि, मनोहरको व्यावसायिक जीवनमा त्यती धेरै समस्या र अप्ठ्यारा भने परेनन् । ‘व्यवसायमा मेरो इमान्दारिता आफ्नो ठाउँमा छ । यद्यपि चौधरी समूहको सहयोग र साथबाट नै महिले व्यवसायमा सफलता पाएको हुँ,’ गौरवका साथ मनोहर भन्छन् ।

मनोहरले पहिला गोरखा, लमजुङ, तनहुँ, बेनी, बागलुङ, पर्वत, स्याङ्जा लगायतका जिल्लामा एल.जि.का सामान डिष्ट्रिब्युसन गर्थे । पछिल्लो समय उनी एक्लैले माग धान्न नसक्ने अवस्था आयो । चौधरी ग्रुपले डिलर विस्तार गरिसकेको छ । अहिले उनले पोखरामा र आफ्नो काउन्टरबाट चौधरी समूहका प्रडक्ट बिक्री गर्दै आइरहेका छन् । पोखराबाट मात्रै बिक्री गर्दा पनि उनको व्यावसायिक बृद्धि अझै बढिरहेको छ । चौधरी समूहको पोखरामा आफ्नै सर्भिस सेन्टर छ ।

करिब १५ वर्षदेखि सर्भिस सेन्टर शुरु भएको हो । ‘सामानमा केही समस्या आएमा हाम्रोमा आउनुपर्दैन । सर्भिस सेन्टरमा सिधै सम्पर्क हुन्छ,’ उनले भने, ‘वारेन्टी कार्डमा टोल फ्रि नम्वर पनि हुन्छ । सोही अनुसार कल गरेर समस्या राखेपछि सर्भिस सेन्टरले समस्या समाधान गर्छ ।’ बिक्री पछिको सेवालाई प्राथमिकता दिएकाले पनि चौधरी ग्रुपका सामान ग्राहकको रोजाईमा पर्र्न सफल भएको मनोहर बताउँछन् ।

मनोहरले पहिला ब्ल्याक एण्ड ह्वाइट टि.भि. पनि धेरै बिक्री गरे । धेरै समय पहिलेका टि.भि. अहिलेसम्म पनि चलिरहेको छन् भनेर ग्राहक आउने गरेको उनी सम्झन्छन् । ‘उपयुक्त मूल्यमा उत्कृष्ट सामान पाइने हुँदा हामीलाई खोजेर नै ग्राहक आउनुहुन्छ,’ उनी भन्छन् । मनोहरले व्यवसाय विस्तारका क्रममा मोबाइलको डिलर पनि लिएका छन् । पछिल्लो समय मोबाइलको बिक्री राम्रो छ । नोकिया, कलर्स, ओप्पो लगायतका मोबाइल उनले बिक्री गर्दै आइरहेका छन् ।

ग्राहकले आफै क्यारी गर्न सक्ने सामान आफै लैजान्छन् भने फ्रिज, वासिङ मेसिन लगायत अर्डरका सामानहरुमा निःशुल्क होमडेलिभरीको सुविधा उपलब्ध रहेको मनोहरले जानकारी दिए । पछिल्लो समय व्यवसायमा प्रतिस्पर्धा बढेको छ । अनलाइन मार्केटले पनि यो व्यवसायमा असर पारेको छ । ‘पहिला थोरै प्रोडक्ट हुन्थे । सानो एरियामा काम गर्दा पनि हुन्थ्यो । अहिले स्पेश पनि धेरै चाहिन्छ । कस्टमरको च्वाइस अनुसारका ब्राण्ड ल्याउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘पहिलेको तुलनामा अहिले इलेक्ट्रोनिक्स सामानको व्यापारमा चुनौति थपिएका छन् ।’

व्यवसायलाई आगामी दिनमा समय सापेक्ष र प्रविधिमैत्री बनाउने अभियानमा आफू लागेको श्रेष्ठले बताए । मनोहरले छिट्ै इ कमर्शतर्फ अगाडि बढ्ने सोच बनाएका छन् । ‘कतिपय कस्टमरका आफन्त बाहिर हुनुहुन्छ । उहाँहरुले बाहिरबाट हेरेर नेपालमा गिफ्ट दिने किन्ने गर्नुहुन्छ । कतिपयसँग समय पनि हुँदैन सोही कारण हामी इकमर्श तर्फ अगाडि बढ्दैछौं,’ उनले भने । ग्राहकको विश्वासका कारण नै आफूले व्यवसायमा सफलता प्राप्त गरेको स्मरण गर्दै उनी आगामी दिनमा अझै धेरै ग्राहकको मन जित्न सक्रिय बन्ने प्रतिबद्धता गर्छन् ।

व्यवसाय सुरुवातदेखि चौधरी ग्रुपसँग आबद्ध हुँदै अगाडि बढ्न पाउनु आफ्ना लागि ठूलो अवसर भएको उनले सम्झिए । ‘चौधरी समूहसँग आबद्ध हुन पाउनु नै मेरा लागि एउटा महत्वपूर्ण अवसर थियो,’ उनले भने, ‘त्यो अवसरलाई मैले सदुपयोग गर्न सकेँ ।’ चौधरी समूहसँगको साझेदारीलाई अगामी दिनमा अझै कटिबद्धताका साथ आफूले साथ दिने उनले बताए । उनले आफ्नो पसलबाट ४० जनालाई प्रत्यक्ष रोजगारी दिन सफल छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.