Play

मतदाताको मतको कदर गर्दै जिम्मेवारी लिन्छौंः कांग्रेस पोखरा महानगर

गुरुकुल खबर


पोखरा । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन दल र नेपाली कांग्रेसलाई विश्वासको मत दिएर मतदाताले पोखराको नेतृत्व गर्ने जिम्मा दिएकोले त्यो जिम्मेवारी पूरा गर्ने नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जनाएको छ ।

महानगर कार्यपालिकामा प्रष्ट बहुमत दिएर पोखरेलीले पोखराको विकासलाई नयाँ उचाइमा लैजाने जिम्मेवारी नेपाली कांग्रेसलाई दिएकोले त्यो जिम्मेवारी पुरा गर्ने कांग्रेस महानगर कार्यसमिति सचिव गणेशबहादुर थापाले एक विज्ञप्ती जारी गरी जनाएका हुन् ।

थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा ‘२३ वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार विजय गराउनु भनेको पोखरा सहर आगामी ५ वर्ष नेतृत्व गर्न नेपाली कांग्रेसलाई पोखरेली जनताले जिम्मेवारी दिएको प्रष्ट छ,’ भनिएको छ । जनप्रतिनिधिले दलले आफूहरुलाई प्रतिनिधिका रुपमा पठाएको हो भन्ने आत्मसात गरी जनहितको जिम्मेवारीमा खटिने विश्वास विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘जनमतले दिएको यो जिम्मेवारीलाई कांग्रेसले गम्भीरताका साथ निर्वाह गर्नेछ,’ थापाद्धारा जारी विज्ञप्तीमा व्यक्त गरिएको छ ।

जनप्रतिनिधिका थाप्लामा मात्रै जिम्मेवारी सुम्पेर पार्टी अलग नहुने जनाउँदै कांग्रेसले जनप्रतिनिधिलाई सघाउने र थप उत्तरदायी बनाउन अनुगमनका साथै निगरानी गर्ने दायित्व निर्वाह गर्ने प्रणसमेत गरेको छ । ‘नगरवासीको सहयोगबिना जनप्रतिनिधि र पार्टीले मात्र उद्देश्य पूरा गर्न असम्भव भएकाले सबैको सहयोगको अपेक्षा कांग्रेसले गरेको छ’जारी विज्ञप्तीमा भनिएको छ ‘आमनगरवासीलाई पोखराको हितमा आआफ्नो ठाउँबाट जनप्रतिनिधिलाई सहयोग र योगदानका लागि आह्वान गर्दछौं ।’

विज्ञप्तिमा निर्वाचन सफल बनाउन भूमिका निर्वाह गर्ने निर्वाचन कार्यालय, सुरक्षा निकाय, मतदाता, सरकारी कर्मचारी, संचारकर्मी सबैलाई धन्यवाद ज्ञापनसमेत गरिएको छ ।

१७ जेष्ठ २०७९, मंगलवार २१:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा