Play

वडाबासीलाई कर तिर्न प्रोत्साहित गर्ने हाम्रो उद्देश्य छ– वडाध्यक्ष मर्सानी

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९का नवनिर्वाचित जनप्रतिनिधिहरुले वडा भित्रका बेरोजगार युवाहरुलाई निशुल्क सिपमुलक तालिम दिई आर्थिक रुपमा सवल बनाउने प्रतिबद्धता जनाएका छन् । नव निर्वाचित वडाध्यक्ष दिपेन्द्र मर्सानी सहित सदस्यले पदभार ग्रहण गर्दै अर्थाेपार्जन तथा जिविकोर्पाजनमा युवा शक्तिको सम्भावना खोजीका लागि सिपमुलक तालिमको आयोजना गरि युवालाई सक्षम बनाउने प्रतिबद्धता जनाएका हुन् ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरुले वडा नं ९ लाई पहिलो बालमैत्री वडाको रुपमा घोषणा गरिने, गरिव तथा विपन्न वर्गका सुत्केरी आमालाई विशेष राहात उपलव्ध गराउने, शान्तिघाट तथा रामघाटलाई व्यवस्थित गर्दै पुर्ण सरसफाई गरि फोहोर मुक्त क्षेत्र बनाईने, प्रविधि मैत्री अत्याधुनिक सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिने प्रतिवद्धता जनाएका छन् ।

यसैगरी असहाय र अशक्त नागरिकका लागि घरमै समस्या समाधानका साथै सामाजिक सुरक्षा भत्ता तथा नविकरण कार्य गरिने, धार्मिक, सामाजिक, साँस्कृतिक सम्पदाको संरक्षण गरिने, गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिने, शिक्षाबाट बञ्चित बालबालिकाको शिक्षा लिने अधिकार सुनिश्चित गरिने लगायतका प्रतिबद्धता जनाएका छन् ।

पदभार कार्यक्रममा बोल्दै नव निर्वाचित वडाध्यक्ष मर्सानीले वडाभित्रका उत्कृष्ट करदातालाई पुरस्कृत गरिने बताए । इमान्दारी पुर्वक कर तिर्ने करदातालाई पुरस्कार प्रदान गरिने बताउँदै मर्सानीले भने ‘वडाबासीलाई कर तिर्न प्रोत्साहित गर्ने हाम्रो उद्देश्य हो ।’ उनले वडाभित्रका सबै सडकलाई पक्की बनाउने र उज्यालो सिटीको रुपमा विकास गराउने प्रतिबद्धता पनि जनाए ।
मर्सानीले वडा नं ९ का जनतालाई प्रत्यक्ष लाभ हुने खालका कामहरु गर्नकालागि आफू तयार रहेको बताउँदै यसमा सबैको साथ र सहयोगको अपेक्षा राखेको बताए ।

कार्यक्रममा वडाअध्यक्ष मर्सानीले वडावासीले आफू र आफ्नो टिमलाई विश्वास गरेर अमुल्य मत दिएर जिताएको र उनीहरुको विश्वासलाई डगमगाउन नदिने बताए। वडाको भूगोल र विशेषता अनुसार नै नमुना वडा बनाउन सक्रिय भई लाग्ने र विगतमा सुरु भएका कामलाई निरन्तरता दिँदै थप योजना बनाउने उनको भनाइ थियो।

नवनिर्वाचित वडाध्यक्ष दिपेन्द्र मर्सानीसहित सदस्यहरु भावना श्रेष्ठ, नन्दराम गिरी, गीता चर्मकार र लक्ष्मी पहारीले विहीबार पदभार ग्रहण गरे।

१३ जेष्ठ २०७९, शुक्रबार १८:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा