Play

तनहुँका १० वटै स्थानीय तहमा मनोनयन दर्ता

गुरुकुल खबर


दमौली । वैैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न राजनीतिक दलले जिल्लाका १० वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र,  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी),विवेकशिल साझा,  जनता समाजवादी लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैक्रममा व्यास नगरपालिकामा कांग्रेसको तर्फबाट नगरप्रमुखमा बैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैको उम्मेदवारी परेको छ । कांग्रेसको तर्फबाट वडा नं १ मा रमेशचन्द्र अधिकारी, वडा नं २ मा काशीराम श्रेष्ठ, वडा नं ३ मा अनुप राना, वडा नं ४ मा देवबहादुर गुरुङ, वडा नं ५ मा यज्ञ खनाल,  वडा नं ६ मा कुमार गुरुङ, वडा नं ७ मा सतिसचन्द्र न्यौपाने, वडा नं ८ मा युवराज गुरुङ, वडा नं १० मा खेमराज पोखरेल, वडा नं ११ मा दलबहादुर दुरा, वडा नं १२ वमबहादुर थापा, वडा नं १३ मा वसन्तबहादुर आले र वडा नं १४ मा काजीमान श्रेष्ठ उम्मेदवार बनेका छन् ।

भानु नगरपालिकामा कांग्रेसका तर्फबाट प्रमुखमा आनन्दराज त्रिपाठी, उपप्रमुखमा उमा गोतामे,  बन्दीपुर गाउँपालिकाको अध्यक्षमा धु्रवलाल प्रधान र उपाध्यक्षमा सविता गुरुङले उम्मेदवारी दिएका छन् ।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा गिरबहादुर थापा,  उपाध्यक्षमा पवित्रा गौली,  देवघाटको अध्यक्षमा तिलबहादुर थापा रहेका छन् ।

त्यस्तै म्याग्दे गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्षमा माया राना , उपाध्यक्षमा पवित्रा घिमिरे उम्मेदवार बनेका छन् । ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा उम्मेदवार बनेका छन् ।

त्यस्तै भिमाद नगरपालिकाको उपप्रमुखमा मिलन आले , घिरिङ गाउँपालिकाको अध्यक्षमा गंगा कुमाल र शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कृष्ण पण्डित उम्मेदवार बनेका छन् ।

१३ बैशाख २०७९, मंगलवार ०७:४३ मा प्रकाशित
Nabintech