तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराको लेकसाइडमा १७ औं फेवा नव बर्ष महोत्सव सुरु

गुरुकुल खबर गुरुकुल खबर
२०७९ बैशाख ३ मा प्रकाशित
in गण्डकी प्रदेश, अर्थ, समाचार
पोखराको लेकसाइडमा १७ औं फेवा नव बर्ष महोत्सव सुरु
44
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ३० चैत । होटल संघ पोखरा नेपालको आयोजनामा बुधबारबाट पोखराको लेकसाइडमा १७ औं फेवा नव बर्ष महोत्सव सुरु भएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर आरम्भ भएको महोत्सव विहीबारसम्म चल्ने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय अम्बोटमा महोत्सवको उद्घाटन गरेका थिए ।

यसअघि खहरे र ड्यामसाइडबाट सुरु भएका झाँकी सहितका र्याली उद्घाटनस्थल पुगेका थिए । फिस्टेल गेटदेखि हल्लनचोक विचको सडकमा आयोजित महोत्सवका दुबै दिन लोक दोहोरी र पप संगीतका कार्यक्रम रहने छन् । अम्बोट र सेन्टर प्वाइन्टमा स्थापित स्टेजहरुमा यी कार्यक्रम संचालन हुने छन् । निशुलक प्रवेश सहित सडकमा आयोजित महोत्सव अन्तर्गत होटलको ट्यारिफमा संघले ३० प्रतिशत छुटको व्यवस्था गरेको छ । आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य पनि महोत्सवले लिएको छ । कोभिडकै कारण लगातार दुई बर्ष स्थगित महोत्सवालाई पुनः निरन्तरता दिइएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको पर्यटनमा चार खर्ब रुपैयाँ हाराहारी लगानी रहेको जानकारी दिए । कोभिड– १९ बाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित हुन पुगेको पनि उनले स्मरण गराए । यसैगरी पोखरामा मात्र यस क्षेत्रमा १५ हजार रोजगारी रहेको र पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको तथ्यांक पनि उनले सुनाए । पोखरामा नयाँ विमानस्थल संचालनमा आएपछि थप पर्यटक आउने आशा व्यक्त गर्दै उनले यसको काम समयमा नै सक्न सरकारसँग आग्रह गरे ।

होटल संघ नेपालका केन्द्रिय उपाध्यक्ष विनायक शाहले नेपालमा विदेशी मुद्रा भित्र्याउन बढी भन्दा बढी पर्यटक ल्याउन जरुरी भएको भनाई राखे । सरकारले कतिपय वस्तुको आयात रोक्दा पर्यटकलाई सेवा दिन समस्या परेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए । मुख्य प्रायोजक अन्नपूर्ण केवलकार प्रालिका जनरल म्यानेजर दिनेश पौडेलले पर्यटनको विकासका लागि आपसी सहकार्य महत्वपूर्ण हुने भन्दै उक्त केवलकार चढेर आनन्द लिन स्थानीय तथा पर्यटकलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सांसदद्वय राजिव पहारी र दीपक कोइराला, होटल संघ नेपालका केन्द्रिय सदस्य एवं आयोजक संघका सल्लाहकार भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र नमुना आमा समुहकी अध्यक्ष जुना अधिकारीले पनि भनाई राखेका थिए । हिमाली सांस्कृतिक परिवारका कलाकारले नाच प्रस्तुत गरेका थिए । महोत्सवमा गोर्खा ब्रुअरी अर्को मुख्य प्रायोजक रहेको छ । नेपाल पर्यटन बोर्डले महोत्सवको प्रबद्र्धन गरेको छ ।

महोत्सवका अवसरमा आयोजित झाँकीमा नेपाल मगर संघ प्रथम भएको छ । बैदाम तामाङ समाज, नेपाल छन्त्याल संघ र बाँझापाटन तमु समाजले क्रमशः द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाए । पुरस्कार राशि क्रमशः २५ हजार, २० हजार, पन्ध्र हजार र पाँच हजार रुपैयाँ रहेको थियो । यसैगरी आमा समूह तर्फ बंगलादी आमा समूह प्रथम भएको छ । खहरे आमा समूह, नवप्रभात आमा समूह र सक्षम आमा समूहले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे । उनीहरुले क्रमशः पन्ध हजार, दश हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाए । कूल २२ आमा समूह कार्यक्रममा सहभागी थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

पाँच महिनामा विमानस्थल संचालन : मन्त्री आले

महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी पाँच महिना भित्रमा पोखरामा बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रि विमानस्थल संचालनमा आउने बताए । विमानस्थलको ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको जानकारी गराउँदै उनले विमानस्थल संचालनका लागि अवरोधका रुपमा रहेको रिट्ठेपानी डाँडो काट्ने काम फास्ट ट्रयाकमा अगाडि बढ्ने बताए । क्यान (नेपाल नागरिक उड्डयन प्राधिकरण) सँग सल्लाह गरेर डाँडो काट्ने काम छिटै अगाडि बढाउँछु, उनले भने ।

यससँगै पोखराको ल्याण्डफिल साइट नयाँ स्थानमा व्यवस्था गर्न समेत उनले पोखरा महानगरलाई आग्रह गरे । यस्तो काम छिटो गरे विमानस्थल समयमै संचालनमा ल्याउन सहज हुने उनको भनाई थियो । लेकसाइड स्थित रत्न मन्दिर र हिमागृह नयाँ बर्षको बैशाख महिना भित्र संचालनमा ल्याइने उनले प्रतिबद्धता जनाए । यी क्षेत्र सर्वसाधरणका लागि खोल्न तीव्र माग रहँदै आएको छ । सर्वसाधरणका लागि खोल्ने भन्ने वाक्यांश नभनी उनले संचालनमा ल्याइने बताए ।

कोभिड– १९ सँगै पर्यटन र खासगरी होटल क्षेत्र निकै मारमा परेको आफूले महसुस गरेको पनि उनले बताए । यही बेला अर्थतन्त्र समेत धरासायी बन्दै जानु दुःखद भएको उनको भनाई थियो । बतास समूहलाई नारायणहिटीमा ६ आना जग्गा दिइएकोमा १४ रोपनी भोगचलन गर्न थालेपछि आफू कार्वाहीमा उत्रिएको पनि उनले सो अवसरमा सुनाए । पोखराको पर्यटन बसपार्क औपचारिक रुपमा संचालनमा ल्याउन निर्देशन दिंदै उनले पोखरामा सम्पन्न हुन लागेको एड्भेञ्चर टुरिजम मार्टका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने विषयलाई आगामी बजेट अघिको नीति तथा कार्यक्रममा समेट्ने पनि उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.