तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रा.डा. सुवेदी र क्रिकेटर मल्ललाई ‘प्रतिभा सम्मान’

सम्मानितद्वयलाई १ लाख प्रदान, प्रतिभा रत्नबाट आधा दर्जन विद्यार्थी पुरस्कृत

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र २० मा प्रकाशित
in कला/साहित्य, गण्डकी प्रदेश, व्यक्ति/संस्था, समाचार
प्रा.डा. सुवेदी र क्रिकेटर मल्ललाई ‘प्रतिभा सम्मान’
45
SHARES
178
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । साहित्यकार प्राध्यापक डा. अभि सुवेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । पोखरा नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले बर्षेनी प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यस वर्ष सुबेदीलाई ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’बाट सम्मान गरिएको हो ।

यसैगरी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई ‘प्रतिभा वर्ष सम्मान– २०७८’ बाट सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, सञ्चालक डा. राजेन्द्र चापागाईं, विद्यालयका प्राचार्य विश्वगोपाल पराजुली, निर्देशक किरण सापकोटालगायतले प्रा.डा.सुवेदी र क्रिकेटर मल्ललाई जनही एक लाखसहित ताम्रपत्र, खादा, माला र अवीर लगाएर सम्मान गरे ।

प्रा.डा. सुवेदीले झण्डै ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको विद्यालयले जनाएको छ । नेपाली तथा अङ्ग्रेजी भाषामा कविता रचना, साहित्य समीक्षा र नाटक लेखन गर्दै आएका छन् । विगत ५३ वर्षदेखि उच्च शिक्षा क्षेत्रमा प्राध्यापनरतसमेत छन् ।

क्रिकेट खेलमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरुप मल्ललाई सम्मान गरिएको विद्यालयले जनाएको छ । यसअघि, युवा क्रिकेटर सन्दीप लामिछाने, राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गरी जनही १ लाख राशीसहित सम्मान गरिसकिएको छ । एचआइभी संक्रमित भएर पनि सबैको प्रेरणाका श्रोत बनेका सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि विद्यालयले सम्मान गरिसकेको छ।

विद्यालयले सोहि विद्यालयकी छात्रा सीमा केसीलाई ‘प्रतिभा रत्न सम्मान–२०७८’बाट सम्मान गरेको छ । ‘वल्र्ड इकोनोमिक कप’ मा काश्य पदक जितेकी उनलाई विद्यालयले ‘प्रतिभा रत्न सम्मान–२०७८’ बाट सम्मान गरेको हो । यस्तै, नेशनल ईकोनोमिक्स ओलम्पियाडमा गण्डकी प्रदेशबाट छनौट हुन सफल कुमार बराललाई पनि सम्मान गरेको छ ।

विद्यार्थीहरु प्रधानमन्त्रीसम्म भए, अपेक्षा गरेअनुसार भएन, चित्त पनि दुख्छः प्रा.डा. सुवेदी

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा. अभि सुवेदीले विगत ५३ वर्षदेखि विद्यार्थीहरुलाई अगाडि राखेर मुख हेर्दै आएको बताउँदै ७५ वर्षको यो उमेरमा समेत पढाइरहेको बताए । प्रा.डा. सुवेदीले भने– ‘अगाडि विद्यार्थी राखेर उनीहरूका मुख हेरेको ५३ वर्ष भएछ । यत्ति हो, अहिले जुम प्रविधिबाट हेरिरहेको छु । अहिले पनि विद्यार्थीकै अगाडि छु । २०६५ मा आएपछि अहिले दोस्रोपटक पोखराको प्रतिभाको आँगनमा टेकेँ । टिनको छानो थियो, भव्य भइसकेछ । विद्यालयको प्रगति देख्दा खुशी छु ।’

शिक्षण पेशामा रहँदा खुशी पनि मिलेको र चित्त पनि दुखेको उनले सुनाए । ‘शिक्षक नदी किनारको माझी जस्तै हुन् । तर्छन्, जान्छन्, माझी उहीँ रहन्छन् । शिक्षा र समय नदी हो, बगिरहन्छ । मेरो जिन्दगीभरको काममा खुशी छु, गर्व पनि छ । र, चित्त दुखेको पनि छ ।’ उनले भने– ‘मैले पढाएका विद्यार्थीहरु सबै पदमा पुगे । देशका प्रधानमन्त्री पनि भए, शिक्षा मन्त्री, विदेश मन्त्रीहरु भए । चित्त दुखेको यहाँ हो । मैले जे अपेक्षा गरेँ । त्यो भएन ।’

ठट्यौली पारामा डा. सुवेदीले विद्यार्थीमाझ भने– ‘मेरा विद्यार्थीहरू बुढा भए । म मात्रै उस्तै छु । विगत १० वर्षदेखि हरेक वर्ष ६५ औं वर्षदिन मनाइरहेको छु ।’

उनले पोखरा सिर्जनशील व्यक्तिहरुको शहर रहेको पनि बताए । ‘पोखरामा सिर्जनशील व्यक्तिहरूको जमघट राम्रो छ । धन सिर्जनशील काममा लगाउँछन् । संस्था बनाउँ भन्ने धारणा छ । यो संस्था उदाहरण हो । पोखरामा धेरै सम्भावना छ ।’ उनले भने – ‘पढाई र सिर्जनशीलतामा भिन्नता छैन । कोहि पढ्छन्, कोहि नाच्छन्, गाउँछन्, खेल्छन् । सबैसँग आफ्ना प्रतिभा हुन्छन् । यसैमा केन्द्रीत रहँदै अघि बढ्नुपर्छ ।’ उनले सम्मान थाप्ने बानी आफ्नो नरहेको भन्दै आजको दिन लाज हुने गरी प्रशंसा पाएको दिनका रुपमा चित्रित गरे ।

यो सम्मान सम्पूर्ण खेलाडीको सम्मानः क्रिकेटर मल्ल

सम्मानित क्रिकेटर ज्ञानेन्द्र मल्लले प्रतिभा माविको सम्मानले आफूलाई झनै राम्रो गर्न प्रेरित गरेको बताए । ‘मलाई गरिएको सम्मान सम्पूर्ण खेलाडीलाई गरिएको सम्मानका रूपमा लिएको छु । यसले मलाई प्रेरणा मिलेको छ ।’ – मल्लले भने– ‘कोहि पढाईमा, कोहि खेलकुदमा अब्बल छन्, सबै आफ्नै ठाउँमा अगाडि हुनुहुन्छ । र, प्रतिभामा तपाईहरु हुनुहुन्छ भविष्यको लागि सेफ ह्याण्डमा हुनुहुन्छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गण्डकी प्रदेशको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित भएको बताए । पौडेलले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मानलाई निरन्तरता दिने बताए ।

विद्यालयका निर्देशक किरण सापकोटाले २०४३ मा स्थापित प्रतिभाले युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण पोखराको उच्चा शिक्षामा प्रमुख आकर्षणको गन्तव्य बनेको बताए । साईन्स, म्यानेजमेन्ट र होटल मेनेजमेन्ट गरी १२ सय ४९ जना विद्यार्थी प्रतिभामा रहनु यसको पुष्टिको आधार रहेको उल्लेख गरे । ‘शिक्षा र खेलकुद जोड्ने अभियान स्वरूप शिक्षा र खेलकुद क्षेत्रका अग्रणी व्यक्तित्वहरुलाई प्रतिभाको आँगनमा स्वागत गरी सम्मान गर्दै आएका छौं ।’ उनले भने – ‘अब प्रतिभा तेर्सापट्टीकै कल्पना सिनेमा हल रहेको ८ रोपनी जग्गामा सुविधासम्पन्न भवनमा सारी भौतिक संरचनामा पनि नमूना विद्यालयका रुपमा रहनेछ । चाउथेमा २० रोपनी जग्गामा प्रतिभा स्पोर्टस् एकेडेमी सञ्चालन हुने छ । हरेक हिसाबमा प्रतिभा देशकै उत्कृष्ट विद्यालय हुनेछ ।’
प्रतिभा रत्नसहित विद्यार्थीहरु पुरस्कृत

कार्यक्रममा २०७६ मा कक्षा १२ मा व्यवस्थापन संकायतर्फ नेपाल टपर सुरती पाण्डे, साईन्सतर्फ उत्कृष्ट हुने सराहना श्रेष्ठ, २०७७ मा साईन्स तर्फ उत्कृष्ट विद्यार्थी प्रमेश्वर अधिकारी, म्यानेजमेन्ट तर्फ एञ्जिला बडगामी, २०७८ मा साइन्सतर्फ सुप्रिया मल्ल र म्यानेजमेन्ट तर्फ सिमरन थापालाई प्रतिभा रत्न अवार्डसहित जनही २५ हजारले पुरस्कृत गरिएको थियो । सुरतीलाई यसअघि नै डेढ लाख नगदसहित सम्मान गरिसकिएको छ ।

विद्यालयबाट अध्ययन पूरा गरी कृषि, बन, नर्सिङ, फार्मेसी, बीबीए, सीए, ईञ्जिनियरिङ, एमबीबीएस पढाईमा पूर्ण छात्रवृत्ति प्राप्त गरेको दर्जनौं विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कक्षा १२ का विद्यार्थी अस्मित भुषाललाई प्रतिभा कविको उपाधिसहित पुरस्कृत गरिएको छ ।

विद्यालयको वार्षिक परीक्षा तथा वर्षभरी भएका विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । च्याम्पियन सेक्शन घोषित भएकालाई शिल्ड प्रदान गरिएको थियो । हिसान कास्कीले आयोजना गरेको खेलकुदमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो । साथै, विद्यार्थीहरुले कविता, नृत्य लगायतका सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थी विपिन सुवेदीले स्वागत र शिक्षक जीवनसागर भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयले त्रिदिवसीय कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो । पहिलो दिन विहीबार कक्षा नर्सरीदेखि १ सम्मका विद्यार्थी र दोस्रो दिन शुक्रबार कक्षा २ देखि १० सम्मका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

सर्वाधिक पढिएका

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित
अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

२०७९ माघ १९ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी
विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेसका केही वडाध्यक्ष र  केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?
विशेष

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

२०७९ माघ १८ मा प्रकाशित
कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा
व्यक्ति/संस्था

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

२०७९ माघ १८ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.