Play

नेपाल निर्माण व्यवसायी संघ कास्कीमा लीलकाजी गुरुङ निर्वाचित

गुरुकुल खबर


पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २८ औं साधारणसभा तथा १५ औं अधिवेशनबाट अध्यक्षमा लीलकाजी गुरुङ निर्वाचित भएका छन् ।

गएराति सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी रामराज अधिकारीलाई पराजित गरेका हुन् । निर्वाचित गुरुङले १ सय ९२ र अधिकारीले १ सय ६६ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, उपाध्यक्षमा कृष्णचन्द्र बराल, सचिवमा इन्जिनियर शिरषकुमार बास्तोला, सहचिवमा कृष्ण ढकाल (केडी) र कोषाध्यक्षमा उत्तम सिग्देल निर्वाचित भए ।

सहकोषाध्यक्षमा धुवबाबु भट्टराई तथा सदस्यमा डम्बरराज ढकाल, हुमनाथ ढकाल, इ.दीपक सुवेदी, सुमन श्रेष्ठ, कृष्णहरि तिमिल्सिना र प्रकाश बराल निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता हरि सुवेदीले जनाए । सदस्यमा डम्बरराज ढकालले सर्वाधिक मत ल्याए ।

४ सय ४० मतदाता रहेकोमा शनिबार मतदान प्रक्रियामा ३ सय ७७ जनाले मतदान गरेका थिए । २ वर्षे कार्यकाल रहेको समिति १३ सदस्यीय छ ।

१३ चैत्र २०७८, आईतवार २१:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा