तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउछौः ने का प्रवक्ता डा.महत

गुरुकुल खबर गुरुकुल खबर
२०७८ चैत्र ६ मा प्रकाशित
in कर्णाली प्रदेश, अन्य, राजनीति, समाचार
चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउछौः ने का प्रवक्ता डा.महत
51
SHARES
203
VIEWS
Share on FacebookShare on Twitter

सल्यान, ६ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताउनुभएको छ ।

उहाँले सो कुरा नेपाल प्रेस युनियन सल्यानले सल्यान उद्योग वाणिज्य संघको सभाकक्षमा आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

अहिले पार्टी विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुंगो लगाउन पार्टीले केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताउदै डा. महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरुको टुंगो चैत्र महिनाभित्रै लगाउने बताउनुभयो ।

“यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन् । निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं ।”, प्रवक्ता महतले भन्नुभयो ।

उहाँले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ,“जुन तहको हो उम्मेद्वारी हो , त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ ।”

कांग्रेस प्रवक्ता डा. महतले नेपाली कांग्रेसले आरम्भ गरेको “घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं” भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसंग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले यो अभियानका क्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका प्रतिनिधिहरुले गरेका काम, तीनै तहका सरकारले गरेको कामका बारेमा नागरिककाबीचमा जानकारी गराउने र नागरिकका गुनासा सुनेर पार्टीका विभिन्न निकायमार्फत तिनको समाधान गर्ने पद्धति बसाउने पनि बताउनुभयो ।

कार्यक्रममा कांग्रेस प्रवक्ता डा.महतले स्थानीय तहको उम्मेद्वारीको सामान्य मापदण्ड पनि सार्वजनिक गर्नुभयो ।

उहाँले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकोले जो उठाउदा बढी मत आउछ त्यसैलाई प्राथमिकता दिएर उम्मेद्वारी तय गर्न उपयुक्त हुने बताउनु भयो ।

“माथिल्लो तहको चुनावमा सबैले सबैलाई चिनेको हुँदैन त्यसैले पार्टीगत आधारमा मतदान हुन्छ । तर स्थानीय तहको निर्वाचनमा सबले सबैलाई चिनेको हुन्छ । उसको आनीबानी,व्यहार, व्यक्तित्व, कार्य क्षमता, योग्यता सबैले जान्ने भएकोले जो उठाउदा चुनाव जितिन्छ, त्यसलाई उठाउन उचित हुन्छ ।” , डा महतले भन्नुभयो ।

डा.महतले फागुन २९ गतेदेखि सुरु भएको “घरघर जाऔं,कांग्रेस जिताऔं अभियान”ले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउने आधार तयार गर्ने पनि उल्लेख गर्नुभयो ।

उहाँले यस अभियानमा विपक्षीहरुद्धारा स्थानीय तथा राष्ट्रिय स्तरमा उठाइएका भ्रम तथा अफवाहलाई पनि चिरिने बताउनुभयो ।

गठबन्धन आवश्यकताका अधारमा

कांग्रेस प्रवक्ता डा. महतले आउने स्थानीय चुनावमा केन्द्रमा सत्तागठबन्धनमा रहेका दलहरुबीच गठबन्धन हुन्छ कि हुँदैन भन्ने बारेमा पनि बोल्नुभयो ।

उहाँले स्थानीय निर्र्वाचनमा स्थानीय आवश्यकताका आधारमा पनि यसको तय हुने तर गठबन्धन हुने नहुनेबारेमा नेपाली कांग्रेसको यही ११ गते बस्ने बैठकले सिद्धान्त तय गर्न सक्ने पनि बताउनुभयो ।

उहाँले सबै दलको लक्ष्य निर्वाचनमा बढी सिट जित्ने हुने भएकोले के गर्दा बढी सिट जितिन्छ, त्यसै अनुरुप निर्णय हुने पनि बताउनुभयो । “एक्लै लड्दा बढी जितिन्छ भन्ने देखियो भने त्यही गरौं, सहकार्य गर्दा बढी सिट जितिने भयो भने त्यसको आधारमा होला ।”, उहाँले भन्नुभयो ।

उहाँले नेपाली कांग्रेसका कार्यकर्ताहरु अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा अल्झन नहुने तर वर्तमान गठबन्धन कुन अवस्थामा बनेको होे भन्नेमा हेक्का राख्नुपर्ने बताउनुभयो । तात्कालीन ओली सरकारले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा दुई पटक विघटन गरेको, देशमा भ्रष्ट्राचार बढेको, कोरोनाले आक्रान्त नागरिकले खोप पाउन नसकेको बेलामा गठबन्धन बनेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ” नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचार रोकियो। खोपको व्यवस्था भयो। विद्यालय कलेज खुलेका छन् । जनजीवन सामान्य बन्दै गएको छ । कतिपय कुरा संयुक्त सरकारले समयमा निर्णय गर्न नसकेको होला तर हिजो नेकपा एमालेको सरकारको पालाको जस्तो आतंकित हुने अवस्था अहिले छैन ।”

उहाँले नेपाली जनताको पछौटेपना र गरिबीको फाइदा उठाउदै कम्युनिष्टहरुले तिलस्मी सपना देखाएर जनतालाई गरिबीमा अल्झाएको आरोप पनि लगाउनुभयो । दुई बर्षमा रेल ल्याउने, घरघरमा पाइपमा ग्यास पुर्याउने र पानी जहाज ल्याउने कुरा सुनाएर जनता अल्मल्याएको प्रसंग पनि उहाँले निकाल्नुभयो ।

उहाँले हालै ससदबाट पारित एमसीसी संझौताको प्रसंग निकाल्दै कम्युनिष्ट नेताहरुको भनाई र गराईमा कुनै तालमेल नहुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस सत्तामा हुँदा होस् कि विपक्षमा सत्यको पक्षमा बोल्छ र उभिइरहन्छ ।”

प्रवक्ता डा.महतले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशनबाट नेपालको सडक विस्तार र विद्युत प्रशारण लाईन निर्माणका लागि प्राप्त ५० करोड अमेरिकी डलर (झण्डै ६० अर्ब नेपाली रुपया भन्दमाथि)को अनुदान सहयोग लिने संबन्धमा भएको संझौता नेपाली कांग्रेसको प्रयासले संसदबाट पारित भएको पनि बताउनुभयो ।

उहाँले यो संझौता लिने सम्बन्धमा अहिले संसदमा रहेका सबै दलहरु सरकारमा बस्दा अगाडि बढाउन सहमति दिएकोले नेपाली कांग्रेसले कुनै दलले विपक्षमा नहुने विश्वासमा लामो समयसम्म यसका बारेमा मुख नखोलेको बताउनु भयो ।

बीपी कोइरालाको भनाईलाई उद्घृत गर्दै उहाँले भन्नुभयो, “वी पीले भन्नुभएको थियो, जब सत्यको मुख बन्द हुन्छ, झूटाको थुतुनो चल्छ । अर्थात सत्य जानेका चुप बसेपछि जसले झूटो बोल्छ । बाँकीले त्यसको कुरा पत्याउने स्थिति हुन्छ । एमसीसीमा त्यही भएको हो ।”

प्रवक्ता डा.महतल थप्नुभयो, “जब नेपाली कांग्रेसले सत्य बोल्न थाल्यो । एमसीसीका बारेमा कम्युनिष्टहरुले सिर्जना गरेको झूठको पर्दा गिर्न थाल्यो । आफू सत्तामा बस्दा ठिक हुन्छ भनेर सहमति गरेको छ । अगाडि बढाएको छ । पारित गर्ने बेलामा सडकमा उफ्रिएको छ । नेपालको अन्तराष्ट्रिय साखः गिरिसकेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वले एमसीसीमा राष्ट्रिय सहमति जुटाएर पुनस्थापित गर्ने काम गरेको छ ।”

उहाँले अमेरिकी अनुदानमा आएको यो सहयोेग अरु विदेशी सहयोग भन्दा उदार भएको उललेख गर्दै भन्नुभयो,“यो अनुदान सहयोगमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन्छ । खर्च परिचालन र सञ्चालन अर्थसचिवको नेतृत्वमा रहने एमसीए नेपालले गर्छ । नेपालको महालेखाले लेखापरीक्षण गर्दछ । यसमा आउने सहयोग निर्धारित परियोजना बाहेक अन्यन्त्र खर्च गर्न पाइदैन । सैन्य प्रयोजनमा त झन उपयोग गर्नै पाइदैन । यो परियोजना सकिएपछि यसले बनाएका संरचना नेपाल सरकारलाई हस्तान्तरण हुन्छ ।”

यस्तो उदार संझौतालाई विवादमा पार्न खोजेकोमा आश्चर्य व्यक्त गर्दै डा.महतले एमसीसीको पारदर्शी र उदार मोडललाई अन्य दातृ राष्ट्र र निकायले समेत अबलम्बन गर्न उचित हुने बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.