Play

लोकतान्त्रिक खेलकुद संघको पोखरा नगर समिति गठन, अध्यक्षमा अधिकारी

गुरुकुल खबर


पोखरा,नेपाली कांग्रेस निकट खेलाडीहरुको संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको पोखरा महानगर समिति गठन गरिएको छ । मंगलवार पोखरामा आयोजित एक विशेष समारोहमा संघको पोखरा महानगर समिति गठन गरिएको हो । समितिको अध्यक्षमा पोखरा -१६ का संजय कुमार अधिकारी रहनुभएको छ ।

समितिको उपसभापतिमा सुमन श्रेष्ठ, शिव गुरुडं र बिमल खाण, सचिवमा बुद्धी बहादुर खत्री , कोषाध्यक्षमा अशेष भट्टराई र सहसचिवमा प्रकाश कार्की र शुसिल बांस्तोला रहनुभएको छ ।

४१ सदस्यीय समितिका सदस्यहरुमा अशिम थापा , निशान शेरचन , विनय गुरुडं, सविना तिमिल्सिना , मनोज गुरुडं, योगेन थकाली,अविनाश गुरुडं, सन्तोष लामा , राजु गुरुडं,आशिक थापा ,हरि खड्का,निरज गुरुडं,मोहन कार्की , महेश बानियां , चिजा गुरुडं, लक्ष्मण भण्डारी, विजय गिरी , अनिषा थापा मगर , विशाल बस्नेत ,बेद थापा ,शुदर्शन गुरुडं, नरेश केसी , राज कुमार थापा, शिसिर गुरुडं, कृष्णमान श्रेष्ठ, छवि गुरुडं, मनोज गुरुडं,ओम प्रकाश गुरुड, विशाल गुरुडं, सलिम मोहम्मद, वविन थापा मगर लगायत हुनुहुन्छ .

उक्त समारोहमा बोल्दै गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रुपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । देशको भविष्य अब युवाहरुको काँधमा छ’ उहाँले भन्नुभयो, ‘तपाईहरुको भविष्यसँग नै देशको भविष्य जोडिएको छ ।’ मन्त्री थापाले शारिरिक एवम् मानसिक स्वस्थताका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गर्नुभयो । खेलाडी देश परिवर्तनका सम्बाहक हुन भन्दै उहाँले खेलकुदका क्षेत्रमा सम्भावना समेत बढ्दै गएको बताउनुभयो ।

गण्डकी सरकारले पनि खेललाई महत्वपूर्ण विषयको रुपमा हेरेको भनाई उहाँको छ । मन्त्री थापाले गण्डकी विश्वविद्यालय गठन गरेको र विश्वविद्यालयमा खेलकुदका विषयमा समेत पढाई हुने जानकारी गराउनुभयो । उहाँले खेलमैदान निर्माण देखि खेलाडीलाई प्रोेत्साहन गर्ने सम्मका क्रियाकलापमा गण्डकी सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले सुदृढ काँग्रेस निर्माणका लागि भातृसंगठनले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘काँग्रेसलाई बलियो र सुदृढ बनाउने विषयमा भातृसंगठनहरुको भूमिका समेत प्रभावकारी रहन्छ’, उहाँले भन्नुभयो, ‘तीनै तहको निर्वाचन आउँदैछ,आफ्नो सक्रियता बढाई काँग्रेसलाई जिताउने अभियानमा लागौं ।’

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले खेलाडी परिवर्तनका सम्बाहक भएको बताउँदै देश निर्माणको चित्र कोर्ने शक्ति युवामा रहेको उल्लेख गर्नुभयो । उहाँले नेता कर्मका कारण हुने र समाजलाई फरक तरिकाबाट सोच्नुपर्ने आवश्यकता आजको भएको बताउनुभयो ।

कास्की काँग्रेसका पूर्वसभापति कृष्ण केसीले लोकतान्त्रिक खेलकुद संघ खेलकुदको मात्र संस्था नभई राजनीतिक तवरले समेत जोडिएको संस्था भएको बताउनुभयो ।

काँग्रेस नेतृ शारदा पौडेलले लोकतान्त्रिक खेलकुद संघले युवाहरुलाई परिचालित गराई समाज रुपान्तरणको बाटोमा अग्रसरता लिएको बताउनुभयो ।

नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली कांग्रेसका नेता गंगाधर पराजुलीले जिल्ला खेलकुद विकास समिति र प्रदेश खेलकुद विकास समितिमा काँग्रेसका युवाहरु नपर्नु दुख लाग्दो अवस्था भएको बताउनुभयो । पोखरा महानगरपालिका अनि गण्डकी प्रदेश सरकारले खेलकुद क्षेत्रको लागि छुट्याएको बजेट कम्युनिस्ट पार्टीका कार्यकर्ताको हितमा खर्च भैरहेको र प्रदेश र जिल्ला खेलकुद बिकास समितिमा पनि पनि कांग्रेसको प्रतिनिधित्व सुन्य जस्तै रहंदा मन्त्रीहरु चुप रहनु दुर्भाग्य भएको बताउनुभयो ।

नेपाली काँग्रेस पोखरा महानगरपालिका सभापति सुरेन्द्रमान बिजुक्छेले भातृसंगठनहरु बलियो भए मात्र काँग्रेस बलियो हुने तर्क प्रस्तुत गर्नुभयो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रका सभापति देवेन्द्र शेरचन लोकतान्त्रिक खेलकुद संघका खेलाडीहरुलाई व्यवस्थापन गर्न नसक्दा विचलित हुने अवस्थाको सिर्जना हुँदै गएको बताउनुभयो । उहाँले काँग्रेसका शिर्ष नेताहरुले भातृसंगठन संरक्षणमा ध्यान पुर्याउनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुन र नेपाली कांग्रेस पोखरा महानगर-१५ का सभापति शुसिलराज पराजुलीले कांग्रेस सरकारमा रहेर पनि खेलाडीहरुको मर्म बुझ्न र उनिहरुलाई संरक्षण गर्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका उपसभापति मिलन गुरुङलेपोखरा रंगशालामा कम्युनिस्टहरुको दवाव र प्रभाव चिर्न आफुले विभिन्न प्रयास गर्दा उल्टै आंफुमाथी प्रहार भएको तर कांग्रेसले खेलकुद क्षेत्रको समस्या बुझ्न नसकेको भन्दै चिन्ता प्रकट गर्नुभयो।

२ चैत्र २०७८, बुधबार १३:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा