Play

आदिवासी जनजाति महासंघ कास्कीको अध्यक्षमा कुमाल निर्वाचित

गुरुकुल खबर


पोखरा,नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीको अध्यक्षमा मानिन्द्र कुमाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

मंगलबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रथम छन्त्याल, विजेन्द्र चौधरी र बुद्धिमाया थापामगर, सचिवमा विष्णुमाया गुरुङ, सह–सचिवमा प्रमिला श्रेष्ठ, भीमकुमारी पुनमगर (पुष्पा) र वसन्त भट्टचन एवं कोषाध्यक्षमा चन्द्र तामाङ (मुस्कान) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, १७ सदस्यीय परिषद्का सदस्यहरूमा यमकुमारी गुरुङ, लज्जावती दुरा, फुर्वा छिरिङ ताङ्वे, मनकुमारी तामाङ, रामबहादुर रजत, मीना श्रेष्ठ, देउकुमारी थापामगर र ढकमाया भुजेल रहनुभएको छ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै संविधानसभा सदस्य राजकाजी गुरुङ (करण)ले आफ्नो पहिचान र अधिकारका लागि आदिवासी जनजाति समुदायले एकताबद्ध भएर निरन्तर खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज गणेश थकाली, प्रदेश अध्यक्ष खेम पुनमगर, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, तनहुँकी अध्यक्ष वसुन्धरा घर्ती, लमजुङका अध्यक्ष हरिजंग तामाङ, भुजेल समाज सेवा समितिका महासचिव पानबहादुर घर्तीलगायतले बोल्नुभएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका निवर्तमान अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बमबहादुर छन्त्यालले गर्नुभएको थियो ।

२७ फाल्गुन २०७८, शुक्रबार ०७:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा