पोखरा , आसन्न निर्वाचनलाई लक्षित गरि नेपाली कॉंग्रेस पोखरा महानगर समितिको आयोजनामा बिहीबार एक दिने कार्यकर्ता प्रशिक्षणा कार्यक्रमको आयोजना गरियो ।
महानगर कार्य समितिका पदाधिकारी, महानगर कार्य समितिका सदस्यहरु तथा महानगरका ३३ वटै वडाका कांग्रेस वडा कार्य समितिका सभापतिहरूका लागि प्रशिक्षणा कार्यक्रमको आयोजना गरेको भनिएपनि कार्यक्रमको प्रारम्भमा कास्की जिल्लाका कांग्रेसको विभिन्न तहको ज़िम्मेवारीमा रहेका हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसको रुपान्तरण विषयमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले प्रकाश पारेका थिए । उनले हरेक नेता वा कार्यकर्तामा रुपान्तरणको आवश्यकतामा जोड दिदै रुपान्तरणका लागि बहसको खांचो औल्याए । ‘रुपान्तरणको अभावले व्यक्ति मात्र होईन पार्टी नै कमजोर हुदै गएको छ’ सभापति बरालले भने ‘हामी जहा थियौ त्यही अडि रहन सकेनौ, चिप्लिदै गयौ; खस्किदै गयौं ।’
उनले नेपाली कांग्रेसको सिद्धान्त र आदर्श लाई जिम्मेवारीमा रहेका हरुले पालना नगर्दा पार्टी कमजोर हुंदै गएको भन्दै आसन्न स्थानीय वा अन्य निर्वाचनमा कांग्रेस नागरिकको एजेण्डा सहित जाने बताए ।
महासिमिति सदस्य तथा प्रशिक्षक रामचन्द्र त्रिपाठीले नेपाली कॉग्रेसको सॉगठनिक सुदृढ़ीकरणमा सुशासनको महत्वबारेमा प्रकाश पार्दै पार्टीप्रति दृढ रही सैद्दान्तिक बहसमा लाग्नु पर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका महासमिति सदस्य देवराज चालिसेले निर्वाचनको रणनीति निर्माण र प्रचार प्रशारको शैली विषयमा आंफ्नो प्रस्तुती दिएका थिए । उनले चुनावी प्रतिष्पर्धामा जानु अघि रणनीति बलियो बनाएर अगाडि बढे मात्रै निर्वाचनमा सफल हुन सकिने बताए । उनले कांग्रेस कार्यकर्ताहरु प्रतिरक्षात्मक अवस्थामा रहने गरेको भन्दै कम्युनिस्टहरु प्रति आक्रामक बन्न र सत्य कुरा बोल्न पछि नपर्न आग्रह गरे ।
हालको बहुचर्चित एमसिसीका बारेमा प्रकाश पार्दै एमसिसीमा नेमकिपा बाहेक सबै दलहरु जोडिएको तर अहिले कम्युनिस्टहरुले अमेरिकालाई स्थायी शत्रुको रुपमा लिएर कांग्रेस माथी प्रहार गरेको बताए । यो नितान्त अनुदान सहयोग रहेको र नेपालको आवश्यकता पहिचान गरेर आएकोले यसको प्रतिबाद गर्न कार्यकर्तालाई आग्रह गरे ।
अर्का प्रशिक्षक तथा क्षेत्रिय प्रतिनिधि आनन्दराज मुल्मीले आसन्न स्थानिय तहको निर्वाचनमा नेपाली कॉग्रेस पोखरा महानगर कार्य समितिको भुमिकाका बारेमा प्रकाश पार्दै पोखरा महानगरले गर्न नसकेका कामका बारेमा चनाखो हुनुपर्ने बताए ।
यसैगरी अर्का महाधिवेशन प्रतिनिधि बाबुराम आचार्यले लोकतान्त्रिक समाजवादले मात्रै समतामुलक समाज निर्माण हुनेमा जोड दिए ।
यस अघि कार्यक्रमको प्रारम्भमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले स्थानीय निर्वाचनमा जीत हासिल गर्न कांग्रेसले आन्तरिक वैमनष्यता त्याग्नुपर्ने बताए । स्थानीय निर्वाचनकालागि उमेद्वारको आकांक्षीहरु बढीरहेको तर्फ लक्षित गर्दै उनले ईमान्दार र जित्न सक्नेलाई मात्र टिकट दिईनुपर्ने बताए ।
नेपाली कॉंग्रेस पोखरा महानगर कार्यसमितिका सभापति सुरेन्द्र विजुक्छेले पोखरा महानगर भित्रका कार्यकर्ता लाई राजनीतिक रुपमा प्रशिक्षित गर्न कार्यक्रम गरिएको बताए