पोखरा , गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनले गोपाल खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आईतबार पोखरामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा पदमराज पहारी, सचिवमा शिवप्रसाद शर्मा, कोषाध्यक्षमा मुक्तिप्रसाद ढुंगाना र उपसचिवमा फुलमाया रानलाई लाई चयन गरेको हो ।
सदस्यहरुमा शन्ति थापा, प्रेम भट्टराई, सावित्री कार्की र अमृता थापा चयन हुनुभएको छ । पदेन सदस्यहरूमा गण्डकी प्रदेशको जिल्ला अध्यक्षहरू ११ जना सहित २३ जनाको प्रदेश समिती गठन भएको छ । वाकी ३ सदस्यहरू पछि कार्य समितीले मनोनीत गर्ने गरी २३ जनाको कार्यसमितको गठन र सो समितीको कार्यकाल ३ वर्षको हुनेछ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशमा शिक्षा,संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकाश मन्त्री मेखलाल श्रेष्ठले सरकारका काममा सहयोगी बनेर साझेदारी गनुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक रुपान्तरणका लागि गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहँदै आएको बताउनुभयो ।
गैसस महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष विना सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल खड्काले आगामी तिन वर्षे कार्यकालको योजना प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदी, महासचिव अर्जुन भट्टराई , उप महासचिव उमेश विश्वकर्मा, गैसस गण्डकी प्रदेशका इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र पौडेल लगायतले बोल्नुभएको थियो ।
यसै अवसरमा प्रथम चरणमा प्रदेश स्तरीय विभिन्न संघसंस्थाहरू विच समन्वय वैठक तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरी महिला वालवालिका, लैङ्गिक अल्पसंख्यीय, जेष्ठनागरीक, अपीन्गता र दलित जनजातिहरूको पक्षमा भए गरेका असल अभ्यासहरू, उल्लेखनीय कामहरू र आगामी वर्षमा गर्नु पर्ने काम र सो को योजना वनाउने काम भएको थियो ।
यसरी नै दोश्रो चरणमा नागरीक संस्थाहरूको सवल वातावरण निर्माणका लागी नागरिक संस्था, संचार माध्यम, राजनितिक दल, सरकार र सांसदहरू संग नीति सम्वाद कार्यक्रम संचालन गरीएको थियो । यो कार्यक्रमको सहजीकरण मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीले गर्नु भएको थियो ।