तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

माओवादीको राष्ट्रिय महाधिवेशन, २९९ सदस्यीय केन्द्रीय समितिमा ६३ रिक्त, २३६ जनाको नाम पारित

गुरुकुल खबर गुरुकुल खबर
२०७८ पुस १८ मा प्रकाशित
in अन्य, कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश गतिविधि, प्रदेश नं १, बाग्मती प्रदेश, राजनीति, विशेष, समाचार
माओवादीको राष्ट्रिय महाधिवेशन, २९९ सदस्यीय केन्द्रीय समितिमा ६३ रिक्त, २३६ जनाको नाम पारित
30
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,  नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सकिएको छ ।  पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन आइतबार(आज) सकिएको हो ।  उद्घाटनसत्र सकिएसँगै १२ गतेबाट सुरु भएको बन्दसत्र आज १६५ जनाको केन्द्रीय समिति घोषणा गर्दै सकिएको हो ।

त्यसबीचमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूह बनाएर माओवादीले छलफल गरेको थियो । प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ प्रचण्डले दिएका थिए । त्यसक्रममा स्थायी कमिटी सदस्य राम कार्कीले राखेको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्री सदस्य लेखनाथ न्यौपानेले राखेको भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीकार गरेको प्रचण्डले बताएका थिए ।

१७ पुसमा मतदाता नामावली प्रकाशन गरेर निर्वाचन आयोगले केन्द्रीय कमिटी सदस्यको निर्वाचन प्रक्रिया सुरु गरेको थियो । महाधिवेशन आयोजक कमिटीलाई महाधिवेशनले केन्द्रीय कमिटीको सहमतिको सूची ल्याउने जिम्मेवारी प्रदान गरेको माओवादीले जनाएको छ ।

महाधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुको नाम प्रस्तुत गरेको थियो । तीनवटै आयोगका यसअघिका पदाधिकारी र सदस्यहरुको नामलाई महाधिवेशनले अनुमोदन गरेको हो ।

प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए जसलाई महाधिवेशनले सर्वसम्मतले पारित गरेको माओवादीले जनाएको छ ।

प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यहरुको नामावली बन्द सत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावलीहरु नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

यस्तो छ प्रचण्डले घोषणा गरेको २३६ केन्द्रीय सदस्यको सूची

खस आर्य पुरुषतर्फ (समानुपातिक)

१) नारायणप्रसाद दाहाल २) सुर्यप्रकाश सुवेदी ३) धिरेन्द्र शर्मा ४) नर बहादुर विस्ट ५) बसन्त शर्मा ६) केशब नेपाल ७) निर्मल आचार्य ८) जोग बहादुर महरा ९) तारानाम सुविर १०) देवराज रेग्मी ११) हरिराज अधिकारी १२) देवेन्द्र पराजुली १३) अच्युतम काफ्ले

खस आर्यातर्फ युवा पुरुष 

विजय भण्डारी हुम्ला, दुर्गा प्रसाद चापागाईं तेह्रथुम, अनिल शर्मा बागमती, लालबहादुर सोडारी सुदूरपश्चिम

खस आर्य महिलातर्फ 

१) आशा कोइाराला २) सिता पोखरेल ३) कल्पना धमला ४) गगा कुमारी बेलबासे ५) दामा कुमारी शर्मा ६) देवी खड्का ७) धर्मशिला चापागाईं ८) नारायणी शर्मा ९) बलावती शर्मा १०) बिमला सुवेदी ११) रेनु चन्द १२) रेनु दाहाल १३) सत्य पहाडी १४) संगिता कार्की १५) सुशिला सिम्खडा १६) ज्ञानु बस्नेत सुवेदी १७) लक्ष्मी देवी न्यौपाने १८) मन्जु बम १९) कुन्ति जोशी २०) टिका बुढाथोकी २१) गोमा कुवँर २२) कालि चलाउने २३) लुम्बिनी गौतम २४) हरिमाया शर्मा २५) रुक चौलागाईं

खुला तर्फ

१) नीपबहादुर थारु चौधरी २) लक्ष्मणदत्त जोशी ३) शरदसिंह भण्डारी ४) खगराज भट्ट ५) नरेन्द्र बहादुर कुँवर ६) त्रिलोचन भट्ट ७) माधव सापकोटा ८) युवराज चौलागाईं ९) लेखनाथ दाहाल १०) शालिकराम जमरकट्टेल ११) श्यामकुमार श्रेष्ठ  १२) हरि दाहाल  १३) महेश्वर दाहाल १४) हेमलाल शर्मा १५) सन्त कुमार दरै १६) हितमान शाक्य १७) कृष्ण प्रसाद सापकोटा १८) धर्मनन्द देवकोटा १९) मुक्तिनारायण प्रधान  २०) ईश्वरी प्रसाद भट्टराइ  २१) सुनिलकुमार मानन्धर  २२) हरिबोल गजुरेल  २३) पुष्पकमल दाहाल प्रचण्ड  २४) दिलिप महर्जन २५) सुनद किराती  २६) किरन कुमार राई  २७) सुरेश कुमार राई  २८) हेमराज भण्डारी  २९) राजेन्द्र कार्की  ३०) एकचन्द बराल  ३१) पदम बहादुर राई  ३२) साबित्रि कुमार काफ्ले  ३३) सुरेन्द्र कुमार कार्की  ३४) युवराज भट्टराई  ३५) अजयशंकर नायक  ३६) अशोक कुमार मण्डल  ३७) भरत प्रसाद साह  ३८) प्रकाशहरी पोखरेल  ३९) राजु खड्का  ४०) जोग कुमार बर्बरिया यादव ४१) गोपाल ठाकुर ४२) रामकुमार शर्मा  ४३) रामेश्वर राय यादव  ४४) मात्रिका प्रसाद यादव  ४५) प्रल्हाद कुमार बेढाथोकी  ४६) गिरिराजमणी पोखरले  ४७) विश्वनाथ साह  ४८) गणेश साह  ४९) इन्द्रविर थारु  ५०)जीवन गौतम  ५१) तेजबहादुर ओली  ५२)हेमराज शर्मा पोखरेल  ५३) गणेशमान पुन  ५४) जद प्रसाद शर्मा ५५) वर्षमान पुन ५६) महेवर गहतराज  ५७) कुल प्रसाद केसी  ५८)डोर प्रसादउपाध्याय  ५९)सुक बहादुर रोका  ६०)तिलकराम शर्मा  ६१)चक्रपाणी खनाल  ६२)कृष्णधोज खड्का  ६३)कृष्णबहादुर महरा  ६४)बामदेव क्षेत्री   ६५)झक बहादुर मल्ल  ६६)बिन्दमान श्रेष्ठ  ६७)रामदीप आचार्य  ६८) महेन्द्र बहादुर शाही  ६९)राजकुमार शर्मा  ७०)शक्ति बस्नेत  ७१)गजेन्द्रबहादुर महत  ७२) तेज बहादुर बस्नेत  ७३)जनार्दन शर्मा  ७४)मायाप्रसाद शर्मा  ७५)कालि बहादुर मल्ल  ७६)युवराज दुलाल  ७७)राम प्रसाद सापकोटा  ७८)ओमनाथ ढुंगान  ७९)गंगा कार्की  ८०) पुर्षेविक्रम मल्ल  ८१) लिलामणी पोखरेल  ८२) लक्ष्मण पन्त  ८३) लेखनाथ न्यौपाने  ८४) डिलाराम आचार्य  ८५) झक्कु सुवेदी   ८६) सित बहादुर बस्नेत  ८७) कृष्णबहादुर केसी  ८८) अमरबहादुर गुरुङ  ८९) गुप्त बहादुर ठकुरी  ९०) खिमलाल देवकोटा  ९१) देवेन्द्र पौडेल  ९२) हरि बहादुर चुमाङ  ९३) रामकृष्ण गैरे   ९४) नारायणकाजी श्रेष्ठ  ९५) कृष्णप्रसाद धिताल  ९६) देव गुरुङ  ९७) श्रीराम ढकाल  ९८) सुरेश आले मगर  ९९) हितराज पाण्  १००) दिनानाथ शर्मा  १०१) पम्फा भुसाल  १०२) उर्मिला अर्याल  १०३) जयपुरी घर्ती  १०४) रेखा शर्मा  १०५) पूर्ण कुमारी सुवेदी  १०६) यशोदा गुरुङ सुवेदी  १०७) पशुराम रम्तेल  १०८) महेन्द्र पासवान  १०९) गोपी बहादुर कार्की आक्षामी  ११०) दलजीत विके सिरपाइली    १११) वीरमान चौधरी

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सम्बन्धी प्रेस नोट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आज (१८ पुस २०७८) मा सम्पन्न भएको छ । महाधिवेशन बारे जानकारी गराउन यो प्रेस नोट जारी गरिएको छ ।

१. ११ पुस २०७८ दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिस्ठान भवनमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष क. माधवकुमार नेपाल, नेकपा (एमाले)का महासचिव क. शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष क. दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी)का नेता क. सीपी गजुरेल, नेकपा (माले)का महासचिव क. اربح المال सीपी मैनालीले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
२. १२ पुसमा २०७८ बाट महाधिवेशनको बन्द सत्र सुरु भयो । बन्द सत्रको पहिलो दिन पार्टी अध्यक्ष क. प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा २५ पृष्ठको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभयो । पार्टी स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नुभयो । वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजित गरियो ।
३. १३ पुस २०७८ मा वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामा २५ वटै समूहमा वृहत् छलफल भयो । समूहगत छलफल १४ पुस अपरान्ह १२ बजेसम्म जारी रह्यो ।
४. १४ पुस २०७८ को अपरान्ह १ बजेबाट समूहगत छलफलको प्रस्तुति सुरु भयो । ११ वटा समूह प्रमुखले उक्त दिन आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नुभयो । बाँकी समूह प्रमुखले १५ पुसमा समूहगत निकर्ष प्रस्तुत गर्नुभयो ।
५. १६ पुस २०७८ मा पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका प्रमुखहरुले आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
६. १६ पुस २०७८ मा पार्टी अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रस्तुत ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिनुभयो । उहाँले स्थायी कमिटी सदस्य क. राम कार्कीले राख्नुभएको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्री सदस्य क. लेखनाथ न्यौपानेले राख्नुभएको भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीकार गरेको जानकारी गराउनुभयो । समूहगत छलफलमा आएका महत्वपूर्ण सुझावहरुलाई दस्तावेजमा समावेश गर्ने अध्यक्ष क. प्रचण्डको प्रतिबद्धतापछि ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजलाई महाधिवेशनको बन्द सत्र हलले सर्वसम्मतले पारित ग¥यो ।
७. १७ पुस २०७८ मा पार्टी स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिनुभयो । पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्ने, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने, पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने सहितको विधानलाई महाधिवेशन हलले सर्वसम्मतले पारित ग¥यो ।
८. १७ पुस २०७८ दिउँसो मतदाता नामावली प्रकाशन गरेर निर्वाचन आयोगले केन्द्रीय कमिटी सदस्यका निर्वाचन प्रक्रिया सुरु ग¥यो । महाधिवेशन आयोजक कमिटीलाई महाधिवेशनले केन्द्रीय कमिटीको सहमतिको सूची ल्याउने जिम्मेवारी प्रदान ग¥यो ।
९. १८ पुस २०७८ मा महाधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुको नाम प्रस्तुत ग¥यो । तीनवटै आयोगका यसअघिका पदाधिकारी र सदस्यहरुको नामलाई महाधिवेशनले अनुमोदन गरेको हो । पार्टीको केन्द्रीय अनुशासन आयोगको प्रमुखमा क. टंक राई, निर्वाचन आयोग प्रमुखमा क. تكساس بوكر विष्णुपुकार श्रेष्ठ र लेखा आयोगको प्रमुखमा क. पेशल खतिवडा हुनुहुन्छ ।  
१०. पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव क. श्रीराम ढकालले आठौं राष्ट्रिय महाधिवेशनको आय व्यय प्रस्तुत गर्नुभयो ।
११. बन्द सत्रमा स्थायी कमिटी सदस्य क. गिरिराजमणी पोखरेलले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभयो । समसामयिक प्रस्तावलाई महाधिवेशनले सर्वसम्मत पारित गरेको छ ।
१२. पार्टी अध्यक्ष क. प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गर्नुभयो । अध्यक्ष क. प्रचण्डले प्रस्तुत गर्नुभएको केन्द्रीय सदस्यहरुको नाम महाधिवेशनले सर्वसम्मतले पारित ग¥यो ।
१३. अध्यक्ष क. प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यहरुको नामावली बन्द सत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख क. विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावलीहरु नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
१४. नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट पार्टीका निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य क. प्रचण्डले महाधिवेशनलाई संक्षिप्त संबोधन गर्नुभयो । उहाँले विधान बमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरु चयन गर्ने जानकारी गराउनुभयो ।
१५. अध्यक्ष मण्डलका अध्यक्ष क. الدوري السعودي النسائي कृष्णबहादुर महराले महाधिवेशनको बन्द सत्र सम्पन्न भएको घोषणा गर्नुभयो । यससँगै ११ पुस २०७८ मा सुरु पार्टीको आठौं राष्ट्रिय महाधिवेशन विधिवत रुपमा सम्पन्न भयो ।
१८ पुस, २०७८
प्रचार तथा प्रकाशन उपसमिति
आठौं राष्ट्रिय महाधिवेशन, नेकपा (माओवादी केन्द्र)

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.