Play

नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषबाट आर्थिक सहयोग

गुरुकुल खबर


प्रजातन्त्र सेनानी स्व. नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषबाट रक्त क्यान्सर पीडित दिप्तीले आर्थिक सहयोग पाएकी छन्।

पोखरा–३१ मोहरियामा स्मृति कोषले एक कार्यक्रम गरि द्विप्तीको बुवा देव बहादुर सापकोटालाई २५ हजार ५ सय ५५ रुपैयाँको चेक स्मृति कोषका अध्यक्ष देवेन्द्र रानाभाटले हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष रानाभाटले रक्त क्यान्सर पीडित द्विप्ती सापकोटाको उपचारको लागि आफूले एउटा सानो सहयोग गरेको र आवश्यक परेको खण्डमा संस्थागत तथा व्यक्तिगत रुपमा थप सहयोग गर्दै जाने बताए।

पोखरा–२६ साँघुको मुखमा कार्यालय रहेको स्व.नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषमा ६ लाख ६६ हजार ६ सय रुपैयाँ रहेको छ। उक्त रकमको ब्याजबाट हरेक वर्ष १०+२ का उत्कृष्ट १ छात्र र १ छात्रालाई नगद, प्रमाण पत्र र दोसल्ला प्रदान गर्ने गरिएको छ भने दुर्गा कुमारी रानाभाट क्यान्सरकै कारण निधन भएको हुँदा हरेक वर्ष १ जना क्यान्सर पीडितलाई २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्दै आइरहेको अध्यक्ष रानाभाटले जानकारी गराए।

स्व.नारायणदत्त रानाभाटका ४ छोरा र २ जना छोरी रहेका छन्। जसमा पूर्व सभामुख तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, जिल्ला कार्यसमिति काग्रेसका सचिव देवेन्द्र रानाभाट र शुवेन्द्र रानाभाट रहेका छन् भने छोरीहरुमा खेमकुमारी रानाभाट र शिवकुमारी सापकोटा रहेका छन्। स्व.नारायणदत्त रानाभाटकी बुहारी स्व. दुर्गा रानाभाटका श्रीमान् शुवेन्द्र रानाभाट र १ जना छोरा रहेका छन्।

पारिवारीक आर्थिक अवस्था कमजोरका कारण असार १ गते देखी क्षेत्रिय अस्पतालको बच्चा वार्डमा उपचार गराईरहेकी बालिकाको उपचारमा समस्या आएको थियो। द्विप्तीलाई बचाउनको लागि सहयोग गर्न भन्दै डा. रामचन्द्र बास्तोलाले आफ्नो सम्पर्कमा रहेका केही साथीहरुलाई म्यासेन्जर मार्फत र केही अनलाईनले समाचार प्रकाशन गरेपछि अभियान शुरु भएको थियो । अहिले द्विप्तीलाई थप उपचारको लागि काठमाण्डौंको कान्तिबाल अस्पतालमा राखिएको छ।

१ श्रावण २०७८, शुक्रबार ०७:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा