Play

पोउवा संघमा प्रधान,कर्माचार्य र भुजेलको स्मृतीमा  श्रद्धाञ्जली सभा

गुरुकुल खबर


पोखरा,२५ असार । पोखरा उद्योग वाणिज्य संघले आफ्ना पूर्वअध्यक्ष तथा कार्यसमितिको निधनमा श्रद्धाञ्जली तथा शोकसभाको आयोजना ग¥यो । गएको ४ महिनाको अवधिमा संघले आफ्ना पूर्वअध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार हेमबहादुर प्रधान र रमेश कर्माचार्य तथा कार्यससमिति सदस्य रुपनारायण भुजेल गुमाएको हो ।

कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य संजिवबहादुर कोइरालाले संघका पूर्वअध्यक्षद्धय तथा कार्यसमिति सदस्यको निधनबाट निजी क्षेत्रले ठूलो क्षति व्यहोरेको बताए ।
संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठले दुबै पूर्वअध्यक्षहरुले संघको गरीमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँहरुकै कारण संघ अहिलेको अवस्थामा आएको बताए । उनले पूर्वअध्यक्ष हेमबहादुर प्रधानको जीवनीबारे चर्चा गरेका थिए ।
संघ तथा श्रद्धाञ्जली कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पूर्वअध्यक्ष द्धय तथा कार्यसमितिका सदस्यको निधनले आफू मर्माहत भएको बताए । जन्म र मृत्यु सत्य भएपनि अल्पायूमै हुने निधनले दिने पीडा असह्य हुने उनको भनाइ थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले कोभिडका कारण निजी क्षेत्रले होनाहार व्यक्तिहरु गुमाएको बताउँदै खोपको प्रबन्ध गर्न सरकारसँग माग गरे ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरे्न्द्रमान विजुक्छेद्धारा संचालित कार्यक्रममा बोल्दै संघका पूर्वउपाध्यक्ष ईश्वर कर्माचार्यले नाताले भतिज तर सामाजिक रुपले अभिभावकीय भूमिकामा रहने रमेश कर्माचार्यको निधनबाट अपूरणीय क्षति भएको बताए । सरकारले कोभिडविरुद्धको खोप प्रबन्ध गर्न नसक्दा अल्पायूमै होनाहार व्यक्तिहरु गुमाउनु परेको उनको जिकिर थियो । उनले तत्काल खोपको व्यवस्था गर्न राज्यसँग माग पनि गरे ।
हेमबहादुर प्रधानका सुपुत्र रवीन्द्र प्रधानले आफ्ना पिताको योगदानको स्मरण गरेकोमा पोखरा उद्योग वाणिज्य संघलाई धन्यवाद ज्ञापन गरे ।
संघका कार्यसमिति सदस्य हरिराज पन्तले दिवंगत कार्यसमिति सदस्य रुपनारायण भुजेलको जीवनीबारे चर्चा गर्दै एक असल र कर्मशील व्यक्तिको निधनबाट समाजले ठूलो क्षति व्यहोरेको बताए ।
कार्यक्रममा दिवगंत आत्माको चीरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।  


१ श्रावण २०७८, शुक्रबार ०६:४६ मा प्रकाशित
Nabintech