Play

नेपाल जेसिजका पूर्व अध्यक्ष गुरुडं र शेरचन शोकमा

गुरुकुल खबर


पोखरा । पोखरामा रहेर नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष बन्नुभएका दुई जना व्यक्तित्व, नेपाल जेसिजका पूर्व अध्यक्ष रविन्द्र गुरुडं र विकल शेरचनलाई यति बेला शोक परेको छ ।

नेपाल जेसिजका वर्ष २०१६ का अध्यक्ष एवं सिनेटर रविन्द्र गुरुडं का बुवा कर्णेल टेक बहादुर गुरुडंको कोरोना संक्रमणका कारण ७४ वर्षको उमेरमा निधन भएको छ । कोरोना संगै निमोनियाबाट पनि ग्रसित भएपछि अस्पतालमा उपचारकै क्रममा केही दिन अगाडी वहांको निधन भएको हो ।

यसैगरि नेपाल जेसिजका पूर्व अध्यक्ष एवं पोंखराका प्रतिष्ठित शिक्षासेवी विकल शेरचन पनि यति बेला शोकमा हुनुहुन्छ । वहाकी ठुली दिदी विजया गौचनको पनि कोरोनाकै कारण यही जेठ ४ गते निधन भएको हो। करिव एक साता सम्म अस्पतालमा आईसियु र भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै वहांको निधन भएको  नेपाल जेसिजका पूर्व अध्यक्ष शेरचन जानकारी दिनुभएको छ ।

स्व गौचन प्रा. सोम प्रसाद गौचनकी धर्मपत्नी हुनुहुन्थ्यो ।

७ जेष्ठ २०७८, शुक्रबार २१:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा