Play

सुडानमा भीषण वर्षा जारी, ७५ जनाको मृत्यु, १२ हजार पाँच सय घर ध्वस्त

गुरुकुल खबर


एजेन्सी । सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मंगलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ ।

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको छ ।

यहाँको नेशनल काउन्सिल फर सिभिल डिफेन्सले दिएको जानकारीअनुसार वर्षा जारी रहेकाले बाढीको खतरा अझै टरेको छैन ।उक्त काउन्सिलले प्रकाशन गरेको विज्ञप्तिमा यस बाढीमा परी ३० व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन् ।

यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको समाचारहरुमा जनाइएको छ । यसअघि आएका केही समाचारहरुमा सो राज्यमा सबैभन्दा धेरै व्यक्तिको निधन भएको छ ।

उत्तरी र मध्य सुडानमा वर्षाले क्षति पु¥याएको छ । यहाँको सयौँ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । सरकारले यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । वर्षा गत हप्तादेखि नै जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ ।

१ भाद्र २०७९, बुधबार १३:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा