Play

नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे) को अध्यक्षमा पोखरेल

गुरुकुल खबर


विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे) को अध्यक्षमा राजन पोखरेल चयन भएका छन् ।

एनएफएसजेको नवौं वार्षिक साधारण सभाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल अंग्रेजी दैनिक दिहिमालयन टाइम्सका एक्टिङ एडिटर हुन् ।

एनएफएसजेको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मधुसुधन गुरागाईं, गोविन्दपोखरेल र बालिका मादेन चुनिएका छन् । यसैगरी, सदस्यहरुमा इन्दिरा अर्याल, सोनाम लामा र अरुणा जोशी चयनभएका छन् ।

एनएफएसजेका निवर्तमान अध्यक्ष राजेन्द्र खनालले नव निर्वाचित कार्यसमितिलाई बधाईं ज्ञापन गर्दै आगामी दिनमा संस्थाले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।

एनएफएसजेका संस्थापक अध्यक्ष छत्र कार्कीको संयोजकत्वमा लक्ष्मण डंगोल, राजेन्द्र खनाल, भद्र शर्मा, मणि दाहाल, अभयराज जोशी र सौगात बोलाखे सदस्य रहेको प्रोग्राम कमिटी गठन गरिएको छ ।

कमिटीले एनएफएसजेको कार्यसमितिसँग समन्वय गरी विज्ञान लेखन तथा पत्रकारितालाई प्रवद्र्घन गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

 

२७ श्रावण २०७९, शुक्रबार २०:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा