Play

नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिमा पोखराका अधिकारी

गुरुकुल खबर


नेपाल व्यवस्थापन संघको २० औं प्रबन्ध समितिका रुपमा विश्वमोहन अधिकारी नियुत्ती भएका छन् ।

कास्कीको कालिका अर्थात पोखरा महानगरपालिका -२८ का स्थायी बासिन्दा अधिकारीलाई नेपाल सरकार, मन्त्री परिषद्को बैठकले नेपाल व्यवस्थापन संघको विधान २०३५ को दफा २० बमोजिम नेपाल सरकारको प्रतिनिधिको रुपमा २ वर्षे कार्यकालका लागि नियुत्ती गरेको हो ।

अधिकारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रबन्क निर्देशक हुन् । यस अघि उनी ओम डेभलभपमेन्ट बैंकका सिईओ थिए ।

११ श्रावण २०७९, बुधबार १८:२३ मा प्रकाशित
Nabintech