Play

इजिप्टमा दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु

गुरुकुल खबर


३ साउन , एजेन्सी । दुर्घटनामा परी इजिप्टमा मङ्गलबार कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३३ जना घाइते समेत भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा घटना भएको जनाइएको छ । “राजधानी कायरो तर्फ आइरहेको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो,” गभर्नर ओसामा अल क्वाडीले भने ।

दुर्घटनामा परेको बस देशको दक्षिणी प्रान्त सोहाङबाट हिडेको थियो । सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

घाइतेहरूलाई एम्बुलेन्समा राखेर स्थानीय अस्पतालमा लागिएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र अधिकांशको अवस्था समान्य रहेको चिकित्सकहरूले जनाएका छन् ।

राजधानी कायरो देखि २०० मिटर टाढा घटना भएको हो । इजिप्टमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन् । सडक तथा यातायातका साधनको बिग्रिएको अवस्था, चालकको लापरवाही लगायतका कारणले बढी दुर्घटना हुने गरेको हो ।

३ श्रावण २०७९, मंगलवार २२:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा