Play

प्रजातन्त्रका योद्धा कविवर घिमिरेको निधन

गुरुकुल खबर


पोखरा । पोखरामा रहेर नेपाली साहित्यमा साधनारत कवि तेजनाथ घिमिरेको गएराति निधन भएको छ । लामो समयदेखि अस्वस्थ घिमिरेको गएराती आफ्नै निवास नदीपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

घिमिरे साहित्य, पत्रकारिता, शिक्षक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका एक योद्धा थिए । विे.सं. १९९६ असोज १ गते नदीपुर, पोखरामा आमा वदनादेवी र बुबा गुरुप्रसाद घिमिरेको कोखबाट जन्मेका घिमिरे लामो समय अध्यापन र पत्रकारिता पेसामा आबद्ध भएका थिए ।

शिक्षण पेशामा रह्ंदा घिमिरेले नेपाल शिक्षक संघ कास्कीको अध्यक्ष रहेर काम गरेको थिए । कास्कीमा २०४६ को आन्दोलन पछि २०४७ मा नेपाल शिक्षक संघ स्थापना गर्दा घिमिरेले नेतृत्व गरेको जानकारी घिमिरे नेतृत्वको तत्कालीन शिक्षक संघको कार्य समितिका सदस्य समेत रहेका नेपाली कांग्रेसका नेता गंगाधर पराजुलीले जानकारी दिए ।

उनका अनुसार शिक्षक संघ र नेपाल ट्रेड युनियन कांग्रेस लगायतका संस्थालाई अगाडी बढाउन घिमिरेको योगदान पनि महत्वपूर्ण छ । निरन्तर प्रजातान्त्रिक आन्दोलनमा र अभियानमा क्रियाशिल घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पुर्व अध्याक्ष तथा सम्मानित आजीवन सदस्य समेत हुन् । उनका अनावरण मुक्तकमाला, देशकाल छन्दकविता, कालचक्रलगायतका कृतिहरू प्रकाशित छन् ।

घिमिरेले दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, अवलोकन प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार–२०६२, गण्डकी बृहत् साहित्य सम्मेलन–२०२२ प्रथम, राष्ट्रिय मुक्तक पुरस्कारलगायत दर्जन भन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका थिए । घिमिरेका छोरा प्रकाश घिमिरे नेपाली रंगक्षेत्रमा चर्चित रङ्गकर्मी हुन् ।

यसैबीच पोखरामा रहेर नेपाली साहित्यमा साधनारत वरिष्ठ साहित्यकर्मी तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, मोती भुजेल, कृष्णमोहन श्रेष्ठ लगायत विभिन्न व्यक्तित्वहरुले कवि घिमिरेको निधनप्रति दुख व्यक्त गर्दै अभिभावविहिन बन्न पुगेको बताएका छन् ।

३२ असार २०७९, शनिबार ०९:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा