Play

तांचोक नौजे पैंगीलामा परिवारको उद्घोषण तथा नेतृत्व विकास तालिम

गुरुकुल खबर


पोखरा । तांचोक नौजे पैंगीलामा चेलीबेटी तथा आमा समुह बगर पोखराद्धारा आयोजित एक हप्ते नेतृत्व विकास तथा उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै तांचोक नौजे पैंगी लामा परिवारका अध्यक्ष सु.मे.रामध्वज गुरुङले सिकाईलाई उमेरले नछेक्ने बताउँदै ईच्छा शक्तिले हरेक उमेर समुहका व्यक्तिलाई नयाँ कुरा सिक्न प्रेरित गर्ने बताए । तालिम पश्चात समाजमा आयोजना गरिने हरेक औपचारिक कार्यक्रममा परिवारका आमा तथा चेलीबेटीह्रुले क्षमता प्रदर्शन गर्ने विश्वास समेत व्यक्त गरे ।

नेपाली काँग्रेस गण्डकी प्रदेश कार्य समिति सदस्य एवम् महिला उद्यमी सीता गुरुङले समयसंगै हरेक क्षेत्रमा समान रुपमा महिला सहभागिता अपरिहार्य भएको स्थितिमा समाजका महिलाहरु सवल र सक्षम बन्नु पर्नेमा जोड दिईन् ।
कार्यक्रम संयोजक समेत रहेकी गुरुङले एक हप्ते उक्त तालिमले आत्मविश्वास जगाउन र सार्वजनिक कार्यक्रमहरु व्यवस्थित रुपमा संचालन गर्न केही न केही रुपमा सहयोग पुगेको विश्वास व्यक्त गरिन् ।

संचारकर्मी एवम् प्रशिक्षक रीता गुरुङले आत्मविश्वासले असम्भव कार्य पनि सम्भव हुने बताउँदै दृढ संकल्प सहितको आत्मबल लिएर गर्ने कामहरु सजिलै सफल हुने विचार व्यक्त गरिन् । हरेक व्यक्तिले सार्वजनिक कार्यक्रममा बोल्दा के बोले भन्दा पनि कसरी बोले भन्ने विषयले प्राथमिकता पाउने हुँदा शिष्ट र आकर्षक ढंगले प्रस्तुत हुन प्रशिक्षार्थीहरुलाई सुझाव दिइन् । तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्ने विश्वास समेत व्यक्त गरिन् ।

स्वस्तिक हस्तकला उद्योगका प्रशिक्षक कुमारी गुरुङले महिला विकास र परिवर्तनका लागि शुरुवात आफैले गर्नुपर्ने बताउँदै आमा तथा दिदीबहिनीहरुले थालेको नेतृत्व विकास अभियान सर्हानिय भएको बताईन् ।

तालिममा सहभागिहरुको तर्फबाट बोल्दै प्रशिक्षार्थीहरु गंगा गुरुङ, सीता गुरुङ, शान्ति गुरुङ, नेत्रकुमारी गुरुङ र राधा गुरुङले तालिम फलदायी भएको र मंचको भयबाट मुक्त भई आत्मविश्वासका साथ प्रस्तुत हुन सक्ने भएको बताएका थिए ।

तांचोक नौजे पैंगी लामा चेलीबेटी तथा आमा समुहकी अध्यक्ष देवीकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तांचोक नौजे पैंगी लामा परिवारका सचिव भक्तबहादुर गुरुङ र कोषाध्यक्ष सु.रामभक्त गुरुङ, मनकाशी फाउण्डेशनका अध्यक्ष एवम् महिला उद्यमी काशी गुरुङ, होटल स्वतिक काठमाण्डौका संचालक एवम् महिला उद्यमी लक्ष्मी गुरुङले नेतृत्व विकास तालिमले महिलालाई सवल बनाउन महत्वपुर्ण भुमिका खेल्ने दावी गरिन् ।

कार्यक्रममा स्वागत मन्तव्य शान्ति गुरुङ र धन्यवाद ज्ञापन तारा गुरुङले गरेकी थिइन् भने कार्यक्रमको संचालन लक्ष्मी गुरुङले गरेकी थिइन् ।

२८ असार २०७९, मंगलवार १९:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा