Play

यो वर्षको कर्म–कर्ण आदिबासी जनजाति पत्रकारिता पुरस्कार रुद्र श्रीसलाई

गुरुकुल खबर


पोखरा । पत्रकार रुद्र श्रीसमगरलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ प्रदान गरिने भएको छ ।

तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले आफ्नो बैवाहिक वर्ष गाँठको अवसर पारी प्रदान गरिदै आएको सो पुरस्कार आउँदो असार २९ गते एक कार्यक्रमका बीच श्रीसलाई प्रदान गरिने भएको हो ।

पत्रकार हुम बहादुर गुरुङको संयोजकत्वमा र सदस्यहरु दीपेन्द्र श्रेष्ठ, एमबि आस्था मगर, जुना कुमारी गुरुङ र दिल प्रसाद गुरुङको छनौट समितिले श्रीसलाई सिफारिस गरिएको हो।

सोही कार्यक्रममा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९ मा अध्यक्षमा निर्वाचित फोनिज कास्कीका निवर्तमान कोषाध्यक्ष रमेश गुरुङ र मादि गाउँपालिका वडा नं १ मा अध्यक्षमा निर्वाचित देवीजङ्ग गुरुङलाई पनि सम्मान तथा बधाई ज्ञापन गरिने कार्यक्रम रहेको बताइएको छ।

कार्यक्रमलाई सफल पार्न बिनाकुमारी थापालाई अतिथि सत्कार, मन प्रसाद गुरुङलाई मन्च व्यवस्थापन, सुशील श्रेष्ठलाई प्रचारप्रसार र दिल प्रसाद गुरुङलाई अर्थ समितिको संयोजकको जिम्मेवारी दिईएको छ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यमातामा कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

 

 

२६ असार २०७९, आईतवार २१:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा