Play

कविता – “आमाको पानीफोटो “

गुरुकुल खबर


उमा कार्की

घरको दैलो माथी
उस्तै गरी मुस्कुराइ रहेको छ
आमाको पानीफोटो आज पनि

अवोध चेतनाको पुञ्जबाट
अनुमानका तारहरु झार्दै सोच्थेँ
म काली हुनुको कारण
आमा पनि काली रहिछिन्

मलाई थाहा छैन

आमा फोटोमा भएजस्ती थिइन् की
आमाजस्तै थियो फोटो

त्यही पानीफोटो थियो
मेरा लागि आमा पनि
र आमाको याद पनि

आभास छैन, आमाको काखको ।
महसुस छैन, अपनत्वको ।
स्मृति छैन यादहरुको

इन्द्रेणीमा आमाको अनुहार खोज्दै
रुमानी सपनाहरुको बर्को ओडेर
हावाले हल्लाएको केराको पातजस्तै

जिन्दगी
कहिले यता कहिले उता भइरहेको छ ।

कल्पना गर्छु
सम्बन्धको डोरी तान्दा तान्दै
थाकेका पाइलाहरु
कहाँ बिसाईन होला आमाले

छेक्न सक्यो होला कि सकेन होला
च्यातिएको पछ्यौराले आँसुको भेल
चुलो चौकामा कैद भएका रहरहरु
असरल्ल छरिएका थिए होलान् मझेरीमा

रातो माटोले भित्तो रंगिदा
धुवाँले कालो हुँदै गएको आमाको मुहार
किन सकेन रंगिन हुन ?

आमाका सपनाहरु
श्याम स्वेत थिए कि रंगिन ?

आमाको चाहना
रातो थियो कि सेतो ?

आमाको काख र ढुंगाको सिरानीमा
के फरक छ ?

जब सोचको हुण्डरीले मस्तिष्क हल्लाउँछ
तब उभिन्छु ढोका अगाडि
र हेर्छु घरको दैलो माथी

उस्तै गरी मुस्कुराई रहेको
आमाको पानीफोटो !!

२० असार २०७९, सोमबार २०:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा