Play

फिस्टेल रोटरी क्लवको अध्यक्षमा पराजुली , एक वर्षमा तिन करोड बढीको सामाजिक काम गर्ने लक्ष्य

गुरुकुल खबर


पोखरा , रोटरी क्लव अफ पोखरा फिस्टेलको अध्यक्षमा शिव प्रसाद पराजुलीले पद बहाली गरेका छन । पोखरा महानगरपालिका – ५ प्रस्याडंको स्थायी बासिन्दा पराजुली काष्ठ व्यवसायी संगै अन्य विभिन्न व्यवसायमा समेत संलग्न छन। विभिन्न व्यवसायिक र सामाजिक संघ संस्थामा समेत पराजुलीले महत्वपूर्ण ज़िम्मेवारी सम्हालिसक्नुभएको छ ।

वर्ष २०२२-२३ को लागि पराजुलीको नेतृत्वमा गठित नया समिति ( वोर्ड अफ डाईरेक्टर्स) मा निवर्तमान अध्यक्ष प्रो डा सोनु दुलाल, प्रेसिडेन्ट इलेक्टमा भूपेन्द्र गौचन , भाईस प्रेसिडेन्टमा अशोक चालीसे , सेक्रेटरीमा आदित्य चन्द,कोषाध्यक्षमा कमला गिरी , जोईन्ट सेक्रेटरीमा भरत मणि पाठक , सार्जेन्ट एट आर्म्समा रमेश प्रसाद कोईराला , क्लब ट्रेनरमा बिनोद कोईराला,क्लव मेन्टरमा लक्ष्मी थापा , क्लव ईडिटरमा चेत बहादुर गुरुडं , क्लव एडमिन डाइरेक्टरमा नारायण प्रसाद शर्मा, मेम्बरशिप डेभलप्मेन्ट डाईरेक्टरमा रेखा कार्की , पब्लिक रिलेशन डाइरेक्टरमा अर्जुन थापा, सर्भिस प्रोजेक्ट डाइरेक्टरमा पुर्ण बहादुर ज्वारचन , रोटरी फ़ाउण्डेशन डाइरेक्टरमा लक्ष्मी कुंवर रावल , भोकेशनल सर्भिस डाइरेक्टरमा बिष्णुहरी तिमिल्सीना , यूथ सर्भिस डाइरेक्टरमा बल बहादुर थापा र वेभ मास्टरमा दिपक पोखरेल रहेका छन् । क्लबका संस्थापक अध्यक्ष पनि सोनु दुलाल नै हुन ।

सन् २००३ मा स्थापना भएको रोटरी क्लव अफ पोखरा फिस्टेलमा हाल सम्म डा दुलाल सहित अर्जुन थापा,भुवन सिंह गुरुडं , विनोद कोईराला, जयन्द्र गौचन , शुरेश श्रेष्ठ,विष्णुहरी तिमिल्सीना , राजु पौडेल , नारायण प्रसाद शर्मा,रमाकान्त बराल , तेज बहादुर गुरुडँ, लक्ष्मी थापा गिरी, बाबुराम पाठक र रमेश प्रसाद कोईरालाले अध्यक्ष भएर काम गरिसकेका छन ।

यही असार १९ गते आयोजित एक विशेष समारोहमा क्लवका नया अध्यक्ष शिव प्रसाद पराजुली नेतृत्वों समितिलाई पदस्थापन गराईएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्र प्रसाद ध्वजुले रोटरी ईन्टरनेशनलले यस पटक महिलालाई अध्यक्ष पाएको बताउंदै अन्तराष्ट्रिय अध्यक्षको चाहना अनुसार काम गर्नुपर्नेमा जोड़ दिए ।

रोटरीको उद्देश्य र लक्ष्य पुरा गर्नु सबै रोटरीयनहरुको कर्तव्य र दायित्व रहेको उनको भनाई थियो ।

रोटरी ईन्टरनेशनलका पुर्व गभर्नर किरणलाल श्रेष्ठले गण्डकी प्रदेश सरकारले रोटरीयनहरुसंग सहकार्य गर्ने जानकारी मुख्य मन्त्री कृष्ण चन्द्र नेपालीले दिएको भन्दै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गण्डकी प्रदेश सरकार संग सहकार्य हुने जानकारी दिए ।

कार्यक्रममा असिस्टेन्ट गभर्नर प्रेम प्रसाद शर्मा, पुर्व अध्यक्षहरु विनोद कोईराला, लक्ष्मी गिरी थापा,नारायण प्रसाद शर्मा सहित पव्लिक इमेज कमिटीका को चियर राजकुमार गुप्ता र वीरेन्द्र श्रेष्ठ लगायतले आआफ्नो भनाई राखेको थिए ।

समारोहमा आंफ्नो एक वर्षे कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष शिव प्रसाद पराजुलीले रोटरीले आधारभूत शिक्षा, मातृ तथा शिशु स्वास्थ्य,शान्ति र द्वन्द निरुपण , रोग नियंत्रण र उपचार , पिउने पानी र सरसफाई, सामुदायिक विकास र वातावरणको क्षेत्रमा करिव ३ करोड़ रुपैया लगानी गरेर काम गर्ने जानकारी दिए । यसका लागि क्लबले बेलायत र क्यानडा लगायत अन्य मुलुकका क्लवहरुसंग समेत सहकार्य गर्दै आएको छ ।

२० असार २०७९, सोमबार ०९:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा