Play

धादिङ–पोखरा सम्पर्क समाजको रक्तदानमा १३३ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, धादिङ–पोखरा सम्पर्क समाजद्वारा पोखरामा आयोजित १९ औं रक्तदानमा १३३ युनिट रगत संकलन भएको छ । समाजको स्थापना दिवसका अवसरमा आयोजित रक्तदान यस अघि ४३ औं पटकसम्म रक्तदान गर्नुभएका कृष्ण धरेललाई विशिष्ट अतिथि जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रकाश शाहले ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गर्नुभएको थियो । रक्तदान जीवनदान भएको बताउँदै उहाँले समाजको भूमिकाको प्रशंसा गर्नुभयो ।

समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरू गर्दै आएको बताउँदै समाजका अध्यक्ष गोकर्ण लम्सालले २०५५ सालमा दर्ता भई कृयाशिल संस्थाले त्यसयता विभिन्न समाजिक गतिविधिलाई निरन्तरता दिदै आइरहेको जानकारी गराउनुभयो ।

समाजका महासचिव सरस्वती श्रेष्ठ(सरु)ले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, पूर्व अध्यक्षहरू नवराज दुवाडी, कृष्णकुमार श्रेष्ठ, युवराज खतिवडा लगायतले रक्तदानको महत्वका साथै समाजका गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

 

१८ असार २०७९, शनिबार २०:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा