Play

सिमित नेताहरुले राज्य सत्ता कब्जा गरि सर्वसत्तावाद लाद्ने काम भयो -कमल थापा

गुरुकुल खबर


काठमाण्डौ , राप्रपा नेपालका अध्यक्ष कमल थापाले आमुल परिवर्तनको नारा लिएर जनतालाई मालिक बनाउने, आर्थिक विकास र समृद्धि हासिल गर्ने उदेश्य लिएर शुरु भएको यात्रा १६ बर्ष पछाडि ठिक विपरित गन्तब्यमा पुगेको वताएका छन् । अध्यक्ष थापाले जनता बलियो हुनुको सट्टा र प्रजातन्त्र सुदृढ हुनुको सट्टा केही सिमित राजनैतिक दलका सिमित नेताहरुले राज्य सत्ता कब्जा गरेर सर्वसत्तावाद लाद्ने काम भएको वताएका छन् ।
काठमाण्डौमा आयोजित प्रदेश स्तरीय स्वयंसेवक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता अत्यन्त कमजोर हुँदै गइरहेको, विदेशीहरुको चलखेल र प्रभाव तिव्र रुपले बढेको भन्दै बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बन्न सक्ने खतरा भएको वताउनुभएको छ ।
कार्यक्रममा अध्यक्ष थापाले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बनाउन आवश्यक मेहनत, संवाद गर्न संकोच र हिन भावनाबाट मुक्त भई अगाडि बढ्न बागमति प्रदेशका नेता कार्यकताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा बागमति प्रदेशका अध्यक्ष माधव खत्रीले सिकेका, बुझेका कुराहरुलाई जनता समक्ष पु¥याउन हामी सवै जुट्नु पर्ने बताए भने प्रशिक्षण बिभागका प्रमुख एवं महामन्त्री सुशील कुमार श्रेष्ठले आगामी निर्वाचनलाई दृष्टिगत गरि पाँच सय स्वयंसेवक तयारी पालिकाहरुमा खटाईने बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष कमल थापाले राप्रपा नेपाल किन ?, उपाध्यक्ष डा.बिष्णु भण्डारीले नेपाललाई सनातन हिन्दुराष्ट्र किन नबनाउने ?, प्रवक्ता सुरेश आचार्यले राजनीतिक तथा सामाजिक परिचालन र केन्द्रीय सदस्य एवं प्रशिक्षण बिभागका सदस्य जिवन सुनुवारले नेतृत्व विकास सम्बन्धि तालिम दिनुभएको थियो ।
तालिममा बागमति प्रदेशका १७५ जनाको सहभागिता रहेको थियो ।

१४ असार २०७९, मंगलवार २१:३९ मा प्रकाशित
Nabintech