Play

अभियान महिला समुहले गर्यो नयाँलाई स्वागत र पुरानालाई बिदाई

गुरुकुल खबर


पोखरा, हालै सम्पन्न स्थानीय तहको निर्वाचनपछि निर्वाचित पोखरा महानगरपालिका वडा नम्वर १ का जनप्रतिनिधिहरुलाई स्थानीय अभियान महिला समुहले स्वागत गरेको छ भने निर्वतमान भएकाहरुलाई बिदाई ।

स्थानीय समाजसेवी माधवप्रसाद पराजुलीले व्यानरमा हस्ताक्षर गरि उद्घाटन गरेको कार्यक्रममा पोखरा १ सिम्पानी, लामपाटा स्थित समुहकी अध्यक्ष राधादेवी पराजुली र समुहकी जेष्ठ सदस्य अम्विका त्रिपाठीले नयाँ जनप्रतिनिधिहरुलाई फुल, अविर र खादा लगाएर स्वागत तथा निवर्तमानलाई दोसल्ला तथा सल ओढाएर बिधाई गरेकी थिईन ।

निर्वाचनमार्फत वडाको अध्यक्षमा सहारा प्रधान सगै सदस्यहरुमा शोभा गुरुङ, रामजी पौडेल, जुकमाया दमाई र जुम काजी गुरुङ निर्वाचित भएका थिए । समुहको स्वागतपछि आफनो भनाई राख्दै अध्यक्ष प्रधानले वडामा यस अघि सुरु गरिएका तर पुरा हुन नसकेका अपुरा कामलाई पुरा गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताए । प्रधान वडाको निवर्तमान वडा सदस्य समेत हुन । वडामा रहको विभिन्न संघ संस्था, आमा समुह लगायत संग सहकार्य गरि आफुहरु अघि बढ्ने बताए ।

वडा सदस्य राम्जी पौडेलले वडावासीले आफुहरुलाई विश्वास गरेर जिताएकाले मतदाताको मन जित्ने गरि काम गर्ने र यस्का लागि आवश्यक साथ, सहयोग र सल्लाह दिन आग्रह गरेका थिए ।

निवर्तमान वडा अध्यक्ष शारदा पराजुलीले संघीयतपछि स्थापन भएको स्थानीय तहमा सुरुमा आफुहरुलाई काम गर्न गाहो भएको बताईन । आफनो पाँच वर्षे कार्यकालमा वडाको विकासका लागि धेरै बाटोहरु कोरेको र त्यसलाई पुरा गर्ने काम निर्वाचित प्रतिनिधिको रहेको भनाई राख्दै वडाको विकासको लागि आफुले सकेको सहयोग गर्ने भनाई राखेकी थिईन ।

निवर्तमान वडा सदस्य रुद्र सुवेदीले पहिला भएका गल्ती र कम्जोरीलाई सुधार गदै अघि बढ्न निर्वाचित प्रतिनिधिहरुलाई आग्रह गरेका थिए । काम बाँडफाँडमा भेदभाब नगरी गर्न सुझाव दिदै सुवेदीले आफुहरुको कार्यकाल सकिएपनि आवश्यक परेको खण्डमा सहयोग गर्नका लागि तयार रहेको बताए ।

समुहकी अध्यक्ष पराजुलीले वडाको आवश्यकता के के हुन त्यसलाई लिपिबद्ध गरि प्राथमिकता हेरी काम गर्न सल्लाह दिईन । वडाको आवश्यकता र हितलाई ध्यान दिएर काम गर्न जनप्रतिनिधिहरुलाई उनले आग्रह समेत गरेकी थिईन ।

२५ जेष्ठ २०७९, बुधबार २२:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा