Play

सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण – मेयर आचार्य

गुरुकुल खबर


पोखरा , नेपाल पत्रकार महासंघ कास्कीले डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । आज देखि २७ गतेसम्म संचालन हुने तालिमलाई पोखरा महानगरपालिकाले सहयोग गरेको हो । तालिममा पछिल्लो पटक डिजिटल पत्रकारितामा प्रयोग गरिँदै आएका विषयवस्तुका सम्बन्धमा प्रशिक्षण गराइनेछ

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रममा महानगरको साथ समर्थन रहने प्रतिबद्धता व्यक्त गरे । उनले पोखराको पत्रकारिता क्षेत्रलाई मुलधारमा लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्। “पोखराको पत्रकारिता क्षेत्र अब मुलधारको हुनुपर्छ”, मेयर आचार्यले, “सबै काठमाडौंमा मात्र केन्द्रित हुँदा पोखरा अझै कतिपय विषयमा पछाडी परिरहेको छ, आउनुहोस् सबै मिलेर पोखरा बनाऔं ।”

उनले डिजिटल मिडिया पत्रकारिता तालिमका कारण पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएका छन् । सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारले पनि सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मेयर आचार्यले पोखरा महानगरपालिकालाई सूचनामैत्री महानगर बनाउने तर्फ आफु प्रतिबद्ध रहेको बताए । “पोखरा महानगरपालिकालाई सूचना मैत्री महानगर बनाउन म प्रतिबद्ध छु। आवश्यक तयारी हुँदै छ। पत्रकारले पाउनुपर्ने सूचना आदानप्रदानमा देखिएका समस्यालाई छिट्टै समाधान गरिनेछ ।”, उनले भने।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले पछिल्लो समयको आवश्यकतालाई परिपूर्ति गर्ने गरी उक्त तालिम संचालन गरिएको बताइन् । उनका अनुसार डिजिटल पत्रकारिता तालिमको माग भएपछि पत्रकार महासंघ कास्कीले पोखरा महानगरपालिकाको सहकार्यमा उक्त तालिम संचालन गरेको हो। यसअघि पनि महासंघ कास्कीले पत्रकारिता क्षेत्र सँग सम्बन्धित आधारभूत तालिमहरु गर्दै आएको जानकारी उनले गराइन् । तालिमबाट प्रशिक्षार्थीले लाभ लिने विश्वास उनको छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रशिक्षक विकास कार्कीले समय परिवर्तन सँगै हामी पनि परिवर्तन हुन आवश्यक रहेको बताए । “डिजिटल पत्रकारिता आजको आवश्यकता हो। जसका लागि आवश्यक ज्ञानको खाँचो छ । पत्रकार महासंघ कास्कीले आयोजना गरेको उक्त तालिमबाट प्रशिक्षार्थी आवश्यक ज्ञान लिनुहुनेछ भन्नेमा हामी आशावादी छौं ।”, उनले भने ।

तीन दिन सम्म चल्ने तालिममा प्रशिक्षकका रुपमा विकास कार्की, उमेश श्रेष्ठ रहेको कार्यक्रम संयोजक तथा पत्रकार महासंघ कास्कीका संयोजक रामप्रसाद तिमिल्सिनाले जानकारी गराए। कार्यक्रमको संचालन सचिव माधव बरालले गरेका थिए।

२५ जेष्ठ २०७९, बुधबार १४:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा