Play

८४ हजार ४ सय ८३ जनाकाे उम्मेदवारी दर्ता : स्थानीय तह निर्वाचन

गुरुकुल खबर


पोखरा । देशभर ८४ हजार ४ सय ८३ जनाले स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेश नं. १ मा १२ हजार ९ सय ९५, मधेश प्रदेशमा १६ हजार ७ सय ४१, वाग्मती प्रदेशमा ११ हजार ४ सय २, गण्डकी प्रदेशमा ५ हजार ६ सय १२, लुम्बिनी प्रदेशमा १३ हजार ९५, कर्णाली प्रदेशमा ५ हजार ५ सय ४५, सुदुरपश्चिम प्रदेशमा ५ हजार ८ सय ४७ जनाको उम्मेदवारी दर्ता भएको हो ।

जसमध्ये पालिका प्रमुखमा २ हजार १ सय १८, उपप्रमुखमा १ हजार ३ सय १८ तथा पालिका अध्यक्षमा २ हजार २ सय २१ तथा उपाध्यमा १ हजार ५ सय ४४ जनाको उम्मेदवारी परेको छ । देशभरका ७ सय ५३ पालिकाको प्रमुख र उपप्रमुकका लागि उक्त संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

त्यस्तै वडाध्यक्षका लागि १७ हजार ७ सय १, महिला सदस्यमा ११ हजार ६ सय ५५, मलित महिला सदस्यमा १० हजार ३ सय ७१ तथा खुल्ला सदस्यमा २४ हजार ३ सय ९ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारको विरोधमा मंगलबार उजुर दिन सकिनेछ । निर्वाचन आयोगले बैशाख १४ र १५ गते उम्मेदवारको मनोनयन उपर जाँचबुझ गर बैशाख १६ मा उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

देशभरमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० गाउँपालिका गरी कूल ७ सय ७३ गाउँपालिका रहेका छन् भने कूल ६ हजार ७ सय ४३ वडा रहेका छन् ।

१२ बैशाख २०७९, सोमबार २२:२५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा