Play

पुषको अन्तिमबाट पोखरा महोत्सव हुने, बिभिन्न उपसमितिहरु गठन

गुरुकुल खबर


पोखरा, पन्ध्रौँ संस्करणको पोखरा महोत्स्व आगामी पुष २९ देखि माघ ११ गते सम्म आयोजना हुने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा हुने पोखरा महोत्सवलाई व्यवस्थित रूपले सम्पन्न गर्न मूल आयोजक समितिसहित विभिन्न ३१ उपसमितिहरू गठन गरिएको छ ।

महोत्सवको तयारीलाई तीव्रता दिँदै क्लबले विभिन्न क्षेत्रको जिम्मेवारी बाँडफाँड गरेको हो । जसअनुसार महोत्सवको मूल आयोजक समिति संयोजकमा गणेश तिमिल्सिना चयन भएका छन । महोत्सवको कार्य सम्पादन उप–समिति संयोजकको जिम्मेवारी लोक बहादुर थापालाई दिइएको छ ।

त्यस्तै, अतिथि व्यवस्थापन उप–समिति संयोजकमा हिमालय बख्रेल, झाँकी ¥याली व्यवस्थापन उप–समिति संयोजकमा सुक बहादुर गुरुङ, बीमा व्यवस्थापन उप–समिति संयोजकमा लालकाजी गुरुङ, अनुगमन उप–समिति संयोजकमा राजु श्रेष्ठ, सांस्कृतिक कलाकार व्यवस्थापन उप–समिति संयोजकमा शान्त बहादुर थापा, सचिवालय व्यवस्थापन उप–समिति संयोजकमा सूर्य बहादुर बानियाँ र प्रायोजन व्यवस्थापन उप–समिति संयोजकमा दिनेश सुनार चयन भएका छन ।

यसैगरी प्रचारप्रसार उप–समिति संयोजकमा सन्तोष कार्की, अर्थ तथा स्टल व्यवस्थापन उप–समिति संयोजकमा जयराम आचार्य, संघ–संस्था समन्वय उप–समिति संयोजकमा विष्णु कुमार गुरुङ, टिकट काउण्टर व्यवस्थापन उप–समिति संयोजकमा शिव थापा, ब्यानर व्यवस्थापन उप–समिति संयोजकमा पूर्ण कुमार श्रेष्ठ, सुरक्षा व्यवस्थापन उप–समिति संयोजकमा बुद्ध कार्की तथा खानेपानी तथा सरसफाई व्यवस्थापन उप–समिति संयोजकमा पदम बहादुर कार्की (विजय) रहेका छन ।

यस्तै, अतिथि सत्कार उप–समिति संयोजकमा शान्ति सुवेदी, पार्किङ व्यवस्थापन उप–समिति संयोजकमा सुरेश थापा, मञ्च व्यवस्थापन उप–समिति संयोजकमा गणेश बहादुर खड्का, स्वयंसेवक परिचालन उप–समिति संयोजकमा धनराज गुरुङ, खाना–खाजा व्यवस्थापन उप–समिति संयोजकमा कृष्ण गौतम, मायाको चिनो व्यवस्थापन उप–समिति संयोजकमा मिलन बहादुर अधिकारी र यातायात व्यवस्थापन उप–समिति संयोजकमा रमेश बहादुर कार्की चयन भएका छन ।

महोत्सवको पृष्ठपोषण उप–समिति संयोजकमा लिलाधर अधिकारी, मूल्यांकन उप–समिति संयोजकमा सुशिलराज पराजुली, विद्यालय समन्वय तथा विज्ञान प्रदर्शनी उप–समिति संयोजकमा माधवराज घिमिरे, स्वास्थ्य उप–समिति संयोजकमा नरहरी पनेरु, ट्राफिक व्यवस्थापन उप–समिति संयोजकमा कृष्ण थापा मगर, मूलद्वार उप–समिति संयोजकमा शंकर प्रसाद पौडेल, विद्युत व्यवस्थापन उप–समिति संयोजकमा कुशल ढुंगाना र अतिरिक्त क्रियाकलाप व्यवस्थापन उप–समिति संयोजकमा बिन प्रसाद गुरुङले जिम्मेवारी पाएका छन ।

त्यस्तै, महोत्सवको कार्यालय सचिवमा कुसुम गुरुङ र मिडिया कोर्डिनेटरमा गिता राना रहेको युनाईटेड क्लब पोखराका महासचिव सन्तोष कार्कीले जानकारी दिए । महासचिव कार्कीका अनुसार आगामी पुष २९ गतेदेखि माघ ११ गतेसम्म अमरसिंह चौरमा सञ्चालन हुने महोत्सवको तयारी कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

१३ मंसिर २०८३, आईतवार ०७:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा