Play

पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पस ४० औं बर्षमा, बिबिध कार्यक्रमहरु गरिंदै

गुरुकुल खबर


पोखरा, पोखराको सबैभन्दा जेठो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पस ४० औं बर्षमा प्रवेश गरेको छ। २०४४ सालमा पोखराको बगरमा स्थापना गरेर संचालन भएको पोखरा बहुमुखी क्याम्पस पछिल्लो समय पोखराको नयाँबजार शान्तिवन नजिक आंफ्नै सुबिधा सम्पन्न भवनमा संचालन भैरहेको छ । तत्कालिन पश्चिमान्चल बिकास क्षेत्रको पहिलो सामुदायिक क्याम्पसको रुपमा समेत रहेको पोखरा बहुमुखी क्याम्पसको बिए र बिबिएसका कक्षा सहित सबै कार्यक्रम सोही भवनबाट संचालन हुँदै आएका छन।

क्याम्पसले बिबिए र एमबीएसका कक्षा समेत संचालन गर्न पाउने गरि त्रिभुवन बिश्वबिधालयको योजना निर्देशनालयले नयाँ कार्यक्रम तथा सेक्सन थप गर्न आबश्यक अङ्क दिएको छ। क्याम्पसले अघिल्लो बर्ष नै आफ्ना शैक्षिक गतिविधि तथा भौतिक पूर्वाधारको निरन्तर विकास र उन्नयन गर्दै विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए ) प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ।

पोखरा बहुमुखी क्याम्पसमा हाल करिब ५ सय बिधार्थी अध्ययनरत रहेको र क्याम्पस संचालक समितिको अध्यक्षमा शिक्षासेवी शंकर गुरुङको साथै क्याम्पसका सल्लाहकारहरुमा शिक्षासेवीहरु शंकर देबकोटा, नरेन्द्र लालचन र डा. दिलबहादुर क्षेत्री लगायत रहेको क्याम्पस शिशुकला पराजुलीले गुरुकुल खबरलाई जानकारी दिईन।

क्याम्पसले आंफ्नो स्थापनाको ४० औं पुगेको सन्दर्भमा यहि मङ्सिर १४ गते मुलसमारोह सहित बिबिध सांस्कृतिक कार्यक्रम र बिभिन्न प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गर्न बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। आज शुक्रबार आन्तरिक खेलकुद प्रतियोगिताको रुपमा भलिबल, टेबल टेनिस र ब्याडमिन्टन खेल भैरहेको पराजुलीले जानकारी दिईन ।

बार्षिकोत्सबकै सन्दर्भमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत कविता वाचन प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, जिल्ला स्तरीय अन्तरमावि (कक्षा ११–१२) वक्तृत्वकला प्रतियोगिता, सरसफाइ कार्यक्रम र आँखा जांच शिविर लगायतका बिभिन्न कार्यक्रम सम्पन्न भएको छन।

पोखरा बहुमुखी क्याम्पसको ४०औँ वार्षिकोत्सवको अवसरमा कविता वाचन, निबन्ध लेखन प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा २०८३ मङ्सिर ९ गते (बुधबार) क्याम्पस सभाकक्षमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक प्राध्यापक ध्रुव केसीको संयोजकत्वमा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलमा प्राध्यापकहरू अनुपमणि अधिकारी, विदुर पराजुली र जुना थापा रहेका थिए। कार्यक्रमको सञ्चालन वाणिज्य संकाय विभागीय प्रमुख तथा प्राध्यापक दिपकप्रसाद घिमिरेले गरेका थिए।

यसैगरी बार्षिकोत्सवकै सन्दर्भमा आयोजित बक्तृत्वकला प्रतियोगितामा पोखरास्थित २९ वटा विधालयका विद्यार्थीहरूले भाग लिएका थिए। प्रथम दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने बिधार्थीहरुलाई क्रमश: १० हजार, ७ हजार र ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने छ। क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति आयोजनामा बुधबार भएको प्रतियोगितामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो । बक्तृत्वकला प्रतियोगिताको शिर्षक ‘सामाजिक सञ्जालको प्रयोग : अवसर र चुनौतीहरू’ एबम जलवायु परिवर्तन तथा विपद् न्यूनीकरणमा युवाको भूमिका’ राखिएको थियो।

क्याम्पस संचालक समितिका अध्यक्ष शंकर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले वार्षिकोत्सव अवसरमा गरिने सम्पूर्ण गतिविधि तथा कार्यहरूलाई उत्कृष्ट बनाउन सबैको सहयोग आबश्यक रहेको बताइन । सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले विद्यार्थीहरूलाई व्यावहारिक तथा जीवनोपयोगी शिक्षा सिकाउने उद्देश्यका साथ क्याम्पसले विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

निर्णायक मण्डलका तर्फबाट प्राध्यापकहरू अनुपमणि अधिकारीले विद्यार्थीका रचना उच्चस्तरीय रहेको र लेखनलाई निरन्तरता दिँदै आफ्नो क्षमतालाई निखार्दै जान आग्रह गरे। कार्यक्रमका संयोजक प्राध्यापक ध्रुव केसीको संयोजकत्वमा सम्पन्न प्रतियोगिताको निर्णायकहरुमा प्राध्यापकहरू अनुपमणि अधिकारी, विदुर पराजुली र जुना थापा रहेका थिए। कार्यक्रमको सञ्चालन वाणिज्य संकाय विभागीय प्रमुख तथा प्राध्यापक दिपकप्रसाद घिमिरेले गरेका थिए।

यसैगरी पोखरा बहुमुखी क्याम्पसद्वारा आयोजित निःशुल्क आँखा परीक्षण शिविर तथा सचेतना कार्यक्रम पनि हालै सम्पन्न भएको छ।हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा समुदायका सदस्य, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी गरी जम्मा २ सय २० जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा चालिस बर्ष उमेर माथिका ८० जनालाई निःशुल्क रुपमा चश्मा वितरण गरिएको थियो भने दुईसय जनालाई औषधि उपलब्ध गराइएको थियो शिविरमा आएका चार जनाको शल्यक्रिया गर्नुपर्ने अबस्था रहेको बताइएको छ ।

हिमालय आँखा अस्पतालका दृष्टि अधिकृत गोविन्द योगी र बाह्य कार्यक्रम प्रमुख सुवास नेपाल लगायतले शिबिर कार्यक्रमको सहजीकरण गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले स्वागत मन्तव्य र प्राध्यापक महेन्द्र रिमालले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रमको संयोजन सञ्चालक समितिका सल्लाहकार प्राडा. दिलबहादुर क्षेत्रीले गरेका थिए।

११ मंसिर २०८३, शुक्रबार १२:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा