Play

फेवा किङ्स कप राष्ट्रिय भलिबल पोखरामा, किङ्स क्लब, पुलिस र गण्डकीको जीत

गुरुकुल खबर


पोखरा, युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि पोखरा रंगशालामा सुरु भएको ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ को दोस्रो दिन भएका खेलमा आयोजक किङ्स क्लब, पुलिस र गण्डकीले जीत हासिल गरेको छ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत बिहीबार आयोजक र गण्डकीले लगातार दोस्रो खेल जित्दा पुलिस पहिलो जित निकालेको हो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको दोस्रो दिनको पहिलो खेलमा आयोजकले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आयोजकले आर्मीलाई ३५–३३, २५–२१ र २८–२६ सेटमा हराउँदै ३ अंक जोड्दै लिग तालिकामा शीर्ष स्थानमा पुगेको छ । दोस्रो खेलमा पुलिसले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले कोशीलाई २५–२०, २५–१८ र २५–१८ ले पराजित गर्दै ३ अंक जोडेको हो । अघिल्लो खेलमा एपिएफसँग ३–२ को सेटमा पराजित पुलिसको लिग तालिकामा ४ अंक पुगेको छ । २ खेल हारेको कोशी अंकविहीन हुँदै लिग तालिकाको पुछारमा छ  आर्मीलाई हराएर ३ अंक जोड्दै आयोजक लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ।

बिहीबार भएको अन्तिम खेलमा गण्डकीले एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । गण्डकीले पहिलो र दोस्रो सेटमा २५–१५, २५–२१ जितेपनि तेस्रो सेट २५–२३ ले एपिएफलाई सुम्पिएको थियो । चाथौं सेट २५–१६ ले जित्दै ३ अंकं जोडेको हो  लिग तालिकामा गण्डकीको पनि ६ अंक भएको छ । सेटका आधारमा आयोजकभन्दा गण्डकी एक स्थान तल छ । गण्डकीसँग हारेको एपिएफको लिग तालिकामा २ अंक छ ।

फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । प्रतियोगितामा शुक्रबारको पहिलो खेल एपिएफ र कोशी प्रदेश बिच हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए । दोस्रो खेलमा नेपाल पुलिससँग त्रिभुवन आर्मी, तेस्रो खेलमा गण्डकी प्रदेशसँग आयोजक किङ्स पोखराले खेल्ने उनले बताए । राउण्ड रोबिन फम्र्याटमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले बताए । उनका अनुसार उपविजेताले  २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

१० मंसिर २०८३, बिहीबार २३:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा