Play

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान पोखरामा, सामाजिक बिकास मन्त्री गुरुङद्वारा अभियानको शुभारम्भ

गुरुकुल खबर


पोखरा, बिगतका बर्षहरुमा समेत संचालन हुँदै आएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान २०२६ बुधबारबाट पोखरामा पनि सुरु भएको छ । अभियानको मुल समारोह समिति गण्डकीको आयोजनामा अभियानको पहिलो दिन पोखराको शहिदचोकदेखि राष्ट्रबैंकचोक हुँदै बिरौटासम्म सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

लैंगिक हिंसा अन्त्यका लागि एक्यबद्दता, पीडितको संरक्षण, दण्डहीनता अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ आयोजन गरिएको अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर ९ देखि २४ गते) सम्म संचालन गरिनेछ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान २०२६ मुल समारोह समिति गण्डकीका संयोजक तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङका अनुसार सन् १९८१ मा ल्याटिन अमेरिकी देश डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया तीनजना दिदी बहिनीको हत्यासँग जोडिएको विश्वव्यापी साझा अभियान अन्तर्गत आयोजित कार्यक्रममा सरकारी निकाय, नागरिक समाज, महिला अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्था, मानव अधिकारकर्मीको सहभागिता रहको छ ।

अभियानको शुभाराम्भ्का अबसरमा बोल्दै मन्त्री गुरुङले प्रभावकारी अभियान सञ्चालन गरेर घर घरबाट लैंगिक हिंसा अन्त्य गर्नु पर्ने बताइन् । उनले आफूलाई पर्दा उठाउने र अरुलाई पर्दा नउठाउने परिपाटीको अन्त्य हुनु पर्ने चर्चा गरिन् । मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले समाजमा कुनै न कुनै रुपमा हिंसा भएको उल्लेख गरे । ‘लैंगिक हिंसा गंभीर प्रकृतिको मानव अधिकार उल्लंघन हो,’ उनले भने, ‘समुदायस्तरमा सचेतना बढाएर लैंगिक हिंसाका घटनालाई रोक्न आवश्यक छ । उनले पीडकलाई कारवाही गरेर दण्डहीनताको अन्त्य गर्नु पर्ने उल्लेख गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बर्सेनि गर्ने अभियान लैंगिक रुपमा हुने हिंसा रोक्न केन्द्रीत हुनुपर्नेमा जोड दिंदै सरोकारवालाहरुको सामुहिक प्रयास र एक्यबद्दताबाट लैंगिक रुपमा हुने हिंसालाई कम गर्न सकिने चर्चा गरे ।

सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत देवी शर्माले सञ्चार प्रविधिको विकाससँगै पछिल्लो अवधिमा लैंगिक रुपमा गरिने हिंसाका स्वरुप फेरिएको बताइन् । विगतमा शारीरिक मानसिक, राजनीतिक, आर्थिक रुपमा महिलामाथि हिंसा हुने गरेको स्मरण गर्दै उनले अहिले डिजिटल हिंसा बढेको चर्चा गरिन् ।

गैर सरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष पदमराज पहारीले लैंगिक हिंसा अन्त्य केवल अभियान मात्र नभएर समाज परिवर्तनको साझा संकल्प भएको बताए ।

१० मंसिर २०८३, बिहीबार २३:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा